चर्चामा

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
0 0
Read Time:4 Minute, 18 Second

काठमाडौं । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमार्फत देशभर झन्डै ४४ हजार युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन् । नेपालका राजनीतिक दलहरूको इतिहासमै पहिलो पटक यति ठुलो संख्यामा युवा नेतृत्व उदाएका हुन् ।

पार्टीको नयाँ विधान अनुसार ३५ वर्षमुनिका ४३ हजार ९ सय ८६ जना युवाले वडादेखि क्षेत्रीय प्रतिनिधिसम्मको जिम्मेवारी पाएका हुन् । नेपालका कुनै पनि पार्टीमा एकै पटक यति धेरै युवाले पदीय जिम्मेवारी पाएको यो पहिलो पटक भएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले बताए ।

पार्टीको नयाँ व्यवस्था अनुसार हरेक वडाबाट ३५ वर्षमुनिका १ महिलासहित कम्तीमा ३ जनालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनुपर्ने प्रावधान छ।

देशभरका ६ हजार ७ सय ४३ वडाबाट कम्तीमा ३ जनाका दरले २० हजार २ सय २९ जना निर्वाचित भएका हुन् । वडामा क्रियाशील सदस्य संख्याका आधारमा ३ देखि ७ जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था छ । औसतमा ५ जना निर्वाचित भएको मान्दा ३३ हजार ७ सय १५ जना युवा क्षेत्रीय प्रतिनिधि बनेका छन् ।

त्यसैगरी गाउँपालिकाको वडामा १ जना र नगरपालिकाको वडामा २ जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था गरिएको छ । अहिले गाउँपालिकातर्फ ३ हजार २ सय १५ वडाबाट ३ हजार २ सय १५ जना र नगरपालिकाका ३ हजार ५ सय २८ वडाबाट २ जनाका दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन् ।

यसरी ३३ हजार ७ सय १५ जना क्षेत्रीय प्रतिनिधि र १० हजार २ सय ७१ जना वडा सदस्य गरी कुल ४३ हजार ९ सय ८६ जना युवाले पदीय जिम्मेवारी पाएका हुन् । यी पदहरूमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धा भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले बताए ।अधिवेशनमा झन्डै १ लाख युवाले विभिन्न पदमा प्रतिस्पर्धा गरेको कटुवालले जानकारी दिए ।

तिनै क्षेत्रीय प्रतिनिधिहरूबाट गाउँ तथा नगरपालिकाको कार्यसमितिमा १ महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् । अब प्रदेश निर्वाचन क्षेत्रमा १ जना, संघीय निर्वाचन क्षेत्रमा २ जना र जिल्ला कार्यसमितिमा १ महिलासहित ३ जना निर्वाचित हुने क्रममा छन् । यस्तै क्षेत्रीय प्रतिनिधिहरूबाटै हरेक निर्वाचन क्षेत्रबाट १ महिलासहित ३ जनाका दरले देशभरबाट ४ सय ९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

यसैगरी १र१ जनाका दरले १ सय ६५ जना महासमिति सदस्य चयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट १ महिलासहित २ जना प्रदेश प्रतिनिधि र सातै प्रदेशमा २ महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन् । केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट १ युवा र १ युवती गरी कुल १४ जना युवा प्रवेश गर्नेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %