चर्चामा

फुडमाण्डुको सेवा अब बुटवलमा

फुडमाण्डुको सेवा अब बुटवलमा
0 0
Read Time:3 Minute, 6 Second

बुटवल । अनलाईन डेलिभरी कम्पनीको रुपमा नाम कमाएको फुडमाण्डले बुटवलमा आफनो सेवा बिस्तार गरेको छ । काठमाण्डौमा सन २०१० मा स्थापना भएको फुडमाण्डु पोखरा, चितवनपछि बुटवलमा सेवा बिस्तार गरेको हो ।

एक कार्यक्रममा बिचमा द क्राउन होटलमा विहिबार बुटवल उद्योग वाणिज्य संघका सचिव प्रतिक पोखरेलले एप्समार्फत अर्डर गरि सेवा शुभारम्भ गरे । सामान्य युवालाई रोजगार दिनसक्ने अवसरको रुपमा फुडमाण्डुको योगदानबारे चर्चा गर्दै उनले बुटवलमा ढिलैभएपनि सेवा शुभारम्भ भएको बताए । आम उपभोक्ताको चाहनालाई समयमा नै पुरा गर्ने र सेवालाई थप प्रभावकारी बनाउन सुझाव दिए ।

कार्यक्रममा फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले १५ वर्षअघि स्थापनाको अवस्थाबारे जानकारी दिदै सफटवेयर अध्ययनकै क्रममा त्यसलाई ब्यवहारिक रुपमा उतार्दै सामान्य ब्यवसाय शुरुवात भएको बताए ।

अनलाईनमार्फत अर्डर गर्ने सेवाको एप शुरु गरेको उनले बताए । विश्वब्यापी रुपमा उनले यो विजनेश बढेको छ । ‘३ सय खरब भन्दा बढिको फुड अर्डर गर्ने विजनेश बनेको छ ।’–उनले भने । नया खालको सोच र आकर्षणको विजनेश गरेर देशभित्र नै धेरै युवाहरुलाई रोजगार दिन सफल भएको उनले बताए । दुई जना लगानीकर्ता र दुई जना सहयोगीबाट शुरु गरेको स्मरण गर्दै उनले हाल ४७५ जनाको टिम काममा रहेको उनले बताए । धेरै उतारचढावका बिच अहिलेको अवस्थामा बलियो बन्न सिकाई भएको उनले बताए । केवल सर्भिस उद्योगमात्र नभई यो अति संवेदशिल खाद्यान्न बस्तुको डेलिभरी भएको हुदा गुणस्तरलाई विशेष ध्यान दिदै आएको उनले बताए । साथै कतिपय विधार्थीहरु, रेष्टुरेन्टहरुलाई समेत थप काम दिन सफल भएको उनले बताए ।

कार्यक्रममा फुडमाण्डुका ब्राण्ड म्यानेजर एलिसा भट्टराईले नेपालमा सर्वाधिक रोजाईमा परेको फुड सर्भिसको रुपमा चिनिएको बताईन । काठमाण्डौमा सन २०१० मा स्थापना भएको हो । सन २०११ पोखरा र २०१३ मा चितवनमा हुदै अहिले बुटवलमा औपचारिक रुपमा सेवा दिन पाउदा संस्थासंग जोडिएका उपभोक्ता, रेष्टुरेन्ट र सरोकारवालाको सहयोग र मायाबाट अहिलेको वृहत बन्न सफल भएको उनले बताईन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %