दारी ग्याङ रुपन्देहीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बुटवल । दारी ग्याङ रुपन्देहिको आयोजना र बुटवल उपमहानगर पालिकाको सहकार्यमा “सामाजिक संजालले ब्यक्तिगत जिबनमा पारेको प्रभाब” बिषयक सामुदायिक बिद्यालय अन्तरगत जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षतामा प्रमुख अतिथी जिल्ला शिक्षा बिकाश तथा समन्वय इकाइ भैरहवा रुपन्देहिका प्रमुख माधब बन्जाडेले दारी ग्याङको नामाकरण गर्ने ब्याक्ती शताब्दि पुरुष स्व: सत्यमोहन जोसिको तस्बिरमा माल्यार्पण गरि गमलाको बिरुवामा पानी राखेर कार्यक्रमको उद्घाटन गर्दै बन्जाडेले दारी ग्याङले हरेक क्षेत्रका कार्यक्रमहरु आफुले नियालिरहेको र आफू शिक्षा क्षेत्रको जिम्मेवार ब्यक्ती भएकोले पनि यस कार्यक्रम आयोजना गरेकोमा दारी ग्याङबाट आफू झन खुसी रहेको बताउनु भयो ।
बिद्यार्थिहरुले आफ्नो स्पस्ट बिचार तर्क खुल्ला र निर्भिकतापुर्बक प्रस्तुत गरि वाककलाको क्षमतालाइ निखार्दै तार्किक सोच बिश्लेषणात्मक क्षमता र बिचारलाइ तथ्य र उदाहरण सहित प्रभाबकारी रुपमा प्रस्तुत गर्ने अवसर दिनको लागि यो कार्यक्रम आयोजना गरेकोमा दारी ग्याङ रुपन्देहिलाइ धन्यबाद दिदै आगामी दिनहरुमा दारी ग्याङले गर्ने हरेक क्षेत्रमा आफुले सक्दो साथ र सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै विशिष्ट अतिथी नवीन औधोगिक कदर बहादुर रिता मा.बि का प्रध्यानाध्यापक प्रेम बहादुर बस्नेतले दारी ग्याङले यो कार्यक्रम आफ्नो बिद्यालयमा आयोजना गरेकोमा आफू निकै खुसि रहेको र यी- यस्ता कार्यक्रम गर्दा आफू लगायत बिद्यालय परिवारले दारी ग्याङलाइ सधै साथ सहयोग हौसला सुझाब सल्लाह दिने र आगामि दिनका दारी ग्याङका नया कार्यक्रम लागि शुभकामना दिनुभयो ।
निर्णायक मण्डलका संयोजक तथा विशिष्ट अतिथी बुटवल बहुमुखी क्याम्पस नेपाली शिक्षा डिग्री कार्यक्रमका बिभागिय प्रमुख डा.नारायण प्रसाद पन्थले उक्त प्रतियोगिताको नतिजा सुनाउदै प्रथम,दितिय,तृतिय तथा प्रोत्साहन स्थान हासिल गरेका बिद्यार्थिलाइ बधाइ दिदै अन्य प्रतियोगी बिद्यार्थीहरुलाइ आगामी दिनको लागि शुभकामना समेत दिनुभयो ।
प्रतियोगी बिद्यार्थिहरुले गरेका राम्रा तर्क तथा बिचारलाइ तारिफ गर्दै कमिकमजोरिहरुको पनि विश्लेषण गर्दै आजको कमजोरी भोलिको सिकाइ भएको हुदाँ आगामी दिनहरुमा आज भएका केही कमिकमजोरिहरुलाइ अबका दिनमा हुने यस्ता प्रतियोगितामा सहभागी हुदा ख्याल गर्नुपर्ने भन्दै बिद्यार्थिहरुलाइ हौसला समेत दिनुभयो । दारी ग्याङसङ्ग आफु करिब ६-७ बर्षदेखी परिचित रहेकोको र दारी ग्याङले समाज रुपान्तरणको लागि गरेका कामहरुबाट आफू साच्चै गौरब महसुस गरेको आगामी दिनहरुमा पनि दारी ग्याङसङ्ग सङ्गै सहकार्य गर्ने बताउनुभयो ।
नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक बिद्यालयको सभाहलमा भएको उक्त कार्यक्रममा रुपन्देही जिल्ला भित्रका २१ ओटा सामुदायिक बिद्यालयको सहभागी रहेको थियो ।
कार्यक्रममा प्रथम स्थान कान्ति मा.बिमा कक्षा १२ मा अध्यनरत छात्रा सन्जना सुबेदि ले हासिल गर्नुभयो भने दोस्रो स्थान गृवाण सरस्वती संस्कृत तथा साधारण मा.बिमा कक्षा १२ मा अध्यनरत छात्र बिबेक गैरे,तेस्रो स्थान सैनामैना परोहा परमेश्वर मा.बिमा कक्षा ११ मा अध्यनरत छात्रा अस्मिता पोखरेल र प्रोत्साहन स्थान फर्साटिकर मा.बिमा कक्षा १० मा अध्यनरत छात्रा ज्ञानु बि.कले हासिल गर्नुभयो ।
पुरस्कार स्वरुप प्रतियोगितामा प्रथम,दितिय,तृतिय र प्रोत्साहन स्थान हासिल गर्ने सहभागी बिद्यार्थिहरुले क्रमश २० हजार,१५ हजार,१० हजार र ५ हजार नगद सहित सम्मान पत्र र मेडल प्रदान गरिएको थियो ।
नवीन औघोगिक कदर बहादुर रिता मा.बिका प्रध्यानाध्यापक प्रेम बहादुर बस्नेत,दारी ग्याङका केन्द्रीय सदस्य असल सुबेदिको विशिष्ट अतिथ्य,नेपाल इन्जिनियरिङ एसोसियसन लुम्बिनी प्रदेश सचिब प्रबेश पौडेल, दारी ग्याङ रुपन्देही सल्लाहकार तथा मुख स्वास्थ अभियान्ता अमृत भुसाल, कार्यक्रम संयोजक गोकुल पाण्डे, सामुदायिक बिद्यालयका शिक्षक प्रतिनिधिहरुको, आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा निर्णायकको भुमिकामा बुटवल बहुमुखी क्याम्पस नेपाली शिक्षा डिग्री कार्यक्रममा बिभागिय प्रमुख डा.नारायण प्रसाद पन्थ,सामाजिक महाशाखा बुटवल उपमहानगर कार्यालय उपनिर्देशक दामोदर ज्ञवाली र दारी ग्याङका केन्द्रीय संस्थापक अध्यक्ष एबम दारी ग्याङ रुपन्देहिका सल्लाहकार प्रदिप गैरे`बर्बरिक´ रहनुभएको उक्त कार्यक्रमको दारी ग्याङ रुपन्देहिका उपाध्यक्ष सौगात पाठकले स्वागत मन्तब्य मार्फत सम्पुर्ण अतिथी तथा सहभागिलाइ स्वागत र दारी ग्याङ रुपन्देहिका प्रवक्ता प्रदिप कोइरालाको सञ्चालनमा सम्पन्न भएको थियो ।
लेखकको सम्वन्धमा