चर्चामा

आधिकारिकता पाएसँगै गगन थापाले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक

आधिकारिकता पाएसँगै गगन थापाले बोलाए कांग्रेसको केन्द्रीय समिति बैठक
0 0
Read Time:1 Minute, 39 Second

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै थापाले केन्द्रीय कमिटी बैठक आह्वान गरेका हुन् ।

बैठक आज बिहान ११ः३० बजे नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेयटमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ ।

थापाले शुक्रबार मात्र निर्वाचन आयोगमार्फत आधिकारिकता पाएका थिए । यससँगै उनी पार्टीको तर्फबाट प्रत्यक्ष निर्वाचन लड्ने उम्मेदवार छान्न व्यस्त रहेका छन् ।

पुस २७ देखि ३० सम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा पक्षले आधिकारिकताको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो ।

देउवा पक्षले पनि आफूहरू नै आधिकारिक भएको जिकिरसहित आयोगमा छुट्टै कागजात पेस गरेको थियो । तर आयोगको निर्णयसँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा देउवा पक्षबाट गुमेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %