बालेनसँग भेटेपछि अब देश बन्छ भन्ने विश्वास जाग्यो : रवि लामिछाने
- सत्यदीप सन्देश संवाददाता
- माघ ५, २०८२
- 294 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन्द्र शाह (बालेन) सँगको भेटपछि आफूमा अब देश बन्छ भन्ने दृढ विश्वास पैदा भएको बताएका छन् ।
रास्वपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले बालेनसँग भेट भएको पाँच मिनेटमै आफूहरू सँगै अघि बढ्न सक्ने निष्कर्षमा पुगेको बताए ।
“बालेनसँग भेट भएको पाँच मिनेटमै हामी सँगै हिँड्न सक्छौँ भन्ने थाहा भयो। वार्ता त पाँच मिनेटमै सकिएको हो, बाँकी समय एकअर्कालाई चिन्नमै बित्यो,” उनले भने, “त्यही दिन मलाई विश्वास भयो, बालेनले देश बनाउँछ ।”
लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब डर नरहेको स्पष्ट पारे । देशले बालेनजस्तो नेतृत्व पाइसकेकाले आफू जेल जानुपरे पनि फरक नपर्ने उनको भनाइ थियो ।
“कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चाको टाउको र छाती ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दाले मलाई कुनै पनि दिन जेल पुर्याउन सक्छ। तर मलाई अब चिन्ता छैन, किनकि देशले बालेन पाएको छ,” लामिछानेले भने ।
उनले मधेसले उन्नत बिउ रोपेको भए पनि अहिलेको अवस्था ‘हिलोमा परेको बिउ’ जस्तै बनेको टिप्पणी गरे। मधेसले आफ्नो सपना आफैं खोसेर लिने समय आएको भन्दै उनले परिवर्तनका लागि मधेस निर्णायक बन्ने दाबी गरे ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा