विश्वकप वार्मअप खेलमा नेपालको लगातार दोस्रो जित, क्यानडा ६ विकेटले पराजित
- सत्यदीप सन्देश संवाददाता
- माघ २२, २०८२
- 190 Shares
काठमाडौँ । नेपलाले जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको छ ।
क्यानडाले दिएको १६२ रनको लक्ष्य पछाएको नेपालले १८ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि असिफ सेखले सर्बाधिक ५८ रन बनाएका थिए । त्यस्तै सन्दीप जोराले ४४ रन बनाए भने गुलशन झाले ३१ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको हो । क्यानडाका लागि नवनीत धालिवालले सर्बाधिक ४१ रन बनाएका थिए भने श्रेयस मोभ्वाले ३८, कनवरपाल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सन्दीप लामिछाने र कुशल भुर्तेलले २-२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एक एक विकेट लिए ।
अब नेपालले टी-२० विश्वकप अन्तर्गत फेब्रुअरी ८ मा इङल्यान्डविरुद्ध खेलेर विश्वकपको शुरुवात गर्ने छ ।
आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा