चर्चामा

प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली

प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली
0 0
Read Time:4 Minute, 15 Second

बुटवल । अखिल नेपाल किसान महासंघ (अप्फा)को चौथो राष्ट्रिय भेला बुटवलमा समपन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी रास्टृय जनमोर्चाका केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले किसानहरु आफ्नो अधिकार पराप्तिको लागि सबै किसानहरू एकजुट भएर लाग्नु पर्ने बताए ।

आफ्नो अधिकार प्राप्त गर्नका लागि किसान बर्ग मिलेर आन्दोलन गर्नुपर्ने समेत उनले बताए । सरकारले किसानहरुको समस्या नसुनेकोले किसानहरु पलायन हुनु पर्ने अबस्था आएको समेत उनले बताए ।

किसानहरुका समस्या समाधान गर्नु पर्नेमा राज्य चनाखो भएर लाग्नु पर्ने, प्रदेशमा हुने फजुल खर्चलाई कटौती गर्नकालागी प्रदेश खारेज गरेर किसानहरुलाइ राहात दिनुपर्ने बताउदै राजमोको आयोजनामा हुने काठमाडौं केन्द्रित संघीयता बिरोधी आन्दोलनमा सबैलाई सहभागि हुन नेपालीले आग्रह गरेका थिए ।

कम्युनिस्ट सङ्राहालयका अध्यक्ष चेतनाथ आचार्यले किसानहरुले देसमा प्रभाबकारी ढङ्गले काम गर्नुपर्ने सङठनलाई आम किसानहरुको बिचमा लैजानु पर्ने बताए ।

अखिल नेपाल उद्योग व्यापार संघका केन्द्रिय अध्यक्ष ढुन्डिराज शर्माले देसको अबस्था आर्थिक रुपमा राजनैतिक रुपमा नाजुक बन्दै गएको छ किसान बर्गको बाहुल्यता भएको देसमा बर्ष भरी खान न पुग्ने अबस्था छ किसानाबर्ग सबैभन्दा कम्जोर रहेको बतआउदै यश तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा दिनभर दु:ख गरेर बिहान बेलुका खान न पुग्ने अबस्था छ । सबै किसानहरु एक जुट भएर लाग्नुपर्ने उनेल बताए किसानहरु राजनीतिक रुपमा पनि सङ्गठित हुँदै जानुपर्ने बताए ।

प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रिय सदस्य संकर पोखरेलले किसान हरुले राज्यलाई दबाबदिने खालका कार्यक्रमलाई लाई ल्याउनु पर्ने बताए । किसानहरुका मुद्दालाई लिएर काम गर्नु पर्ने बताए ।

रक्तिम सास्कृतिक अभियानकी केन्द्रिय सदस्य छितिजा राहाडिले आफ्नो अधिकार प्राप्त गर्नकालागी सबैजना एकजुट भएर लाग्नु पर्ने बताईन। तराई मधेस जनबादी मोर्चाका केन्द्रिय अध्यक्ष बद्रे आलमले संगठन मजबुद बनाएर लानकालागी सबैजना लाग्नु पर्ने बताए ।

अखिल नेपाल जनजाती संघ का केन्द्रीय सदस्य हरि बहादुर राहाडी , र अखिल नेपाल महिला संघ कि केन्द्रिय महासचिब सकुन्तला रानले सङ्गठन मजबुद बनाएर लाग्नु पर्ने भनाइ राखेका थिए। अखिल छैठौं का केन्द्रिय सदस्य माधव विश्वकर्मा अखिल नेपाल ट्रेड युनियन अन्टुकका केन्द्रिय उपाध्यक्ष तुल्सी पौडेलले पनि आफ्ना भनाइ राखेका थिए ।

अखिल नेपाल किसान महासंघ ( अप्फा ) का केन्द्रिय अध्यक्ष भैरव रेग्मिको अध्यक्षतामा उपाध्यक्ष शिव पौडेको स्वागत र महासचिव तुल्सी सापकोटाको सन्चालनमा कार्यक्रम समपन्न भएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %