पोखरा भ्रमण वर्षको उद्घाटन गर्दा बेलुन पड्किएर अर्थमन्त्री र मेयर घाइते, थप उपचारका काठमाडौं पठाइयो
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन ३, २०८१
- 136 Shares

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
शनिबारदेखि सुरू भएको भ्रमण वर्षको उद्घाटन बेलुन उडाएर गर्ने तय भएको थियो । त्यसका लागि अर्थमन्त्री पौडेल र मेयर आचार्य बेलुन उडाउन तयार हुँदै गर्दा अकास्मात बेलुन पड्किएको थियो ।
हाइड्रोजन ग्यास भरिएको उक्त बेलुन पड्किँएर आगो लागेको थियो ।
उद्घाटनका क्रममा भएको उक्त दुर्घटनामा परी मन्त्री पौडेल र मेयर आचार्य घाइते भएको अर्थमन्त्रीका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए ।
बेलुन पड्किएपछि तत्काल उपप्रधान एवं अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई गण्डकी अस्पताल लगिएको थियो ।
गण्डकी अस्पतालबाट थप उपचारको लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । पौडेललाई सिम्रीक एयरको हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिए ।
घटना कसरी भयो भन्ने अनुसन्धान हुँदैछ, उनले भने ।
प्रतिकृया दिनुहोस्
- नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य
- प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
- ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
- अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
- सुनचाँदी व्यवसायीहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने
- ९ दिने अटिजम सचेतना बुटवलमा जारी
- आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको सनसनीपूर्ण जीत
- आरिफको उत्कृष्ठ ब्याटिङमा नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य
- प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित
- आइसिसी विश्वकप क्रिकेट लिग-२ स् नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
-
ढोरपाटनमा जिप दुर्घटना : २ जनाको मृत्यु, १२ घाइते
जेष्ठ ३१, २०८२ -
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान
जेष्ठ ३१, २०८२ -
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
जेष्ठ २६, २०८२ -
अटो इन्जिनियरिङ व्यवसायीका लागि दुई प्राविधिक तालिम शुरु
जेष्ठ ३०, २०८२ -
९ दिने अटिजम सचेतना बुटवलमा जारी
जेष्ठ २९, २०८२
लेखकको सम्वन्धमा