चर्चामा

रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार

रन टु शाइनको उपाधि मिङमार र सन्तोषीलाई, खनाललाई पत्रकारिता पुरस्कार
0 0
Read Time:7 Minute, 48 Second

उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार दामोदर खनाल

बुटवल । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न रचनात्मक कार्यक्रम मनाएको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवलाई खेल र स्वास्थ्यसँग जोड्दै विभिन्न क्षेत्रका ब्यक्ति र उत्कृष्ट शाखालाई पुरस्कृत गर्दै मनाएको हो । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित १० मिलोमिटर राष्ट्रिय दौड प्रतियोगिता उत्सवका रुपमा मनाएको हो । तीन विधामा १६ सय जनाले नाम दर्ता गराएकामा ६ सयजनाले प्रतिस्पर्धा गरेका थिए । बैंकको प्रधान कार्यालय कालिकानगरमा ब्याण्डबाजाको संगीत सहित उद्घाटन भएको प्रतियोगितामा निकै उत्साहजनक सहभागीता थियो ।

‘रन टु शाइन’ नाराका साथ बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा १० किलोमिटर दौडमा सर्वाधिक पुरस्कार राशी सहित बैंकले यो प्रतियोगिता गरेको हो । प्रतियोगिताको खुल्लातर्फको उपाधि पुरुषतर्फ मिङमार सिङगी तामाङ र महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् । ‘रन टु शाइन’ नाराका साथ शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बुटवलमा सम्पन्न प्रतियोगितामा च्याम्पियन बन्दै दुवै खेलाडीले नगद एक– एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले निर्धारित दुरी ३६ दशमलव २१ सेकेन्डमा पुरा गरिन् भने मिङमारले ३१ मिनेट ५३ सेकेण्डमा पूरा गरेका थिए । पूर्णराज्य लक्ष्मी न्यौपाने दोस्रो, पुष्पा भण्डारी तेस्रो, आशा रावल चौथों र नारायणी भण्डारी पाँचौं बनिन् ।

पुरुषतर्फ नागेश्वर ऐर दोस्रो, गणेशसिंह रावत तेस्रो, सन्जीव नेपाली चौथों र अक्कल बडुवाल पाँचौं भए । दुवै विधाका दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोंले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, स्थानीय पाँच किलोमिटर दौडमा शिव रायमाझी र पुजा पछाई विजेता बनेका छन् ।

पुरुषमा अजय पाण्डे दोस्रो, मुकेश थारु तेस्रो र प्रेमलाल कोहार चौथों बने । महिलातर्फ तेजमाया कुँवर दोस्रो, प्रकृति घिमिरे तेस्रो र प्रतिभा केवर चौथौं बने । यस्तै भेट्रान्समा महिलातर्फ मनकुमारी रायमाझी पहिलो र गोमा सुबेदी दोस्रो बनेका छन् । पुरुषतर्फ युव बहादुर राना प्रथम, गोबिन्द थापा दोस्रो, केशर सिंह महत तेस्रो र टेकबहादुर बुढाथोकी चौथों भएका छन् । दुवै विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएको दौड मणिग्राम चोक पुगेर केन्द्रिय कार्यालयमा आएर समापन भएको थियो । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स एसोसियसनले स्वीकृति प्रदान गरेका थिए । विजयी धावकहरुलाई प्रतियोगिताका सद्भावना दुत अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, प्रदेश सांसद एवं पुर्वमन्त्री विष्णु पन्थी, बैंकका अध्यक्ष थानेश्वर पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले पुरस्कार वितरण गर्नु भएको थियो ।

यसैबीच बार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्ती र उत्कृष्ठ शाखालाई सम्मान गरेको छ । बैंकले उत्कृष्ठ शाखाका रुपमा कतरनिया शाखा बर्दिया, सुर्यपुरा शाखा रुपन्देही, खैरेनी शाखा गुल्मी, विजुबार शाखा प्युठान र योगिकुटी शाखा रुपन्देही पुरस्कृत भएका छन् । त्यसैगरी आर्थिक क्षेत्रमा कमल चलाएको भन्दै रुपन्देहीका पत्रकार दामोदर खनाललाई नगद ५० हजार १ सय ११  रुपैया सहित उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको प्रमुख कार्यकारी अधिकृत पौडेलले जानकारी दिनुभयो । बार्षिकोत्सवको अवसरमा आयोजित मुल कार्यक्रमको अवसर पारि उहाँहरुलाई सम्मान र पुरस्कृत गरिएको हो । कार्यक्रममा बैंक संचालक समिति अध्यक्ष थानेश्वर पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, पुरस्कृत पत्रकार दामोदर खनाललगायतले शुभकामना राख्नु भएको थियो ।

काठमाडौं बाहिर केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रियस्तरको बिकास यो बैंकको अधिकृत पूँजी रु ८ अर्व, जारी पुंजी ४ अर्व ८७ करोड र चुक्ता पूँजी पनि ४ अर्व ८७ करोड रहेको छ । २०८१ पौष मसान्तको अपरिष्कृत वित्तिय विवरण अनुसार निक्षेप संकलन रु. ६९ अर्ब ७२ करोड (वचत निक्षेप ३६.९३ प्रतिशत, मुद्धती निक्षेप ५६.७४ प्रतिशत, कल चल्ती तथा अन्य ६.३३ प्रतिशत रहेको छ । कर्जा लगानीतर्फ रु. ५७ अर्ब ४९ करोड रहेको छ । जसमा ब्यापार कर्जा १८.९१ प्रतिशत, कृषि कर्जा ५.९१ प्रतिशत, आवास निर्माण कर्जा ३.८२ प्रतिशत, विपन्न बर्ग कर्जा ५.८९ प्रतिशत, जग्गा खरिद कर्जा ४.९५ प्रतिशत, होटल तथा पर्यटन कर्जा १६.८५ प्रतिशत, उद्योग कर्जा १४.२१ प्रतिशत, उपभोग्य कर्जा २०.३५ प्रतिशत, हायरपर्चेज कर्जा १.४८ प्रतिशत रहेको छ भने अस्पताल, शिक्षा आदीमा ६.५५ प्रतिशत र अन्य कर्जा १.०८ प्रतिशत रहेको बैंकले जनाएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %