निर्वाचनमा खटिने कर्मचारीलाई आयोगको निर्देशन: दलको प्रचार नगर्नू, स्वीकृतिविना विदेश नजानू
- सत्यदीप सन्देश संवाददाता
- फाल्गुन १९, २०८२
- 250 Shares
काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनका साथै ‘निर्वाचन आचारसंहिता, २०८२’ समेत पूर्ण रूपमा पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगले जारी गरेको आचारसंहिता अनुसार कुनै पनि कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष–विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय दायित्व निर्वाह गर्दा पूर्ण रूपमा तटस्थ र निष्पक्ष रहनुपर्ने आयोगले प्रस्ट पारेको छ ।
निर्वाचन अवधिभर कर्मचारीलाई विदेश भ्रमणमा समेत कडाइ गरिएको छ। मुलुकको प्रतिनिधित्व हुने गरी जानुपर्ने अवस्थाबाहेक नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेका व्यक्तिले आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमण गर्न वा पठाउन नपाउने व्यवस्था आचारसंहितामा छ ।
यसैगरी, सरकारी स्रोतसाधनको दुरुपयोग गर्न नपाइने आयोगले बताएको छ । उम्मेदवार, राजनीतिक दल वा तिनका भ्रातृ संगठनलाई सरकारी, प्रदेश तथा स्थानीय तह वा सार्वजनिक संस्थानका भवन, अतिथि गृह, सभागृह, सवारीसाधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने व्यवस्था कडाइका साथ लागू गरिएको छ ।
प्रतिकृया दिनुहोस्
- कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पाहुनाको लर्को, होटल र होमस्टे भरिभराउ
- ज्ञान, सीप, प्रविधि र सांस्कृतिक रूपान्तरण : Generation Z र Generation Alpha को बदलिँदो शैक्षिक तथा सामाजिक परिवेश
- मृत्युमार्ग बन्दै भीमफेदी–कुलेखानी सडकः तीन महिनामा चार ठूला दुर्घटना, २१ को मृत्यु
- आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
- पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
- दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
- समयक्रमसँगै कांग्रेस थप एकताबद्ध हुन्छ, गालीगलौजमा नलाग्नुस् : उपसभापति भण्डारी
- बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
- नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
- कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
-
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा
कार्तिक २०, २०८३ -
बुटवलमा दीपावली सडक खाना महोत्सव सुरु : बजार चलायमान गराउने बिश्वास
कार्तिक २१, २०८३ -
नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार
कार्तिक २०, २०८३ -
आज यमपञ्चकको अन्तिम दिन (भाइटीका) टीकाको साइत बिहान ११ः७ बजे उत्तम
कार्तिक २६, २०८३ -
दीपावली सडक खाना महोत्सवमा देउसीभैलो प्रतियोगिता : रागश्री प्रथम
कार्तिक २३, २०८३ -
पटका पड्काउँदा छर्रा लागेर बालकको मृत्यु
कार्तिक २४, २०८३

लेखकको सम्वन्धमा