रुपन्देही–२ मा काँग्रेस उम्मेद्वार चुन्नले बुटवल ४ बाट गरे मतदान
बुटवल । रुपन्देही–२ का लागि प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् ।
उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए ।
सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।
उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे । ‘जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्’- उनले भने ।

लेखकको सम्वन्धमा