प्रतिनिधिसभामा बोल्न दलहरुलाई तोकियो समय, को कसले गर्दैछन् सम्बोधन ?
- सत्यदीप सन्देश संवाददाता
- चैत्र १९, २०८२
- 228 Shares
काठमाडौं । प्रतिनिधिसभा बैठकको आज बस्ने बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
दिउँसो २ बजेदेखि शुरु हुने बैठकमा संघीय संसद् सचिवालयले दलका नेताहरुले सम्बोधन गर्ने समय दलीय आधारमा निर्धारण गरेको जनाएको छ ।
संघीय संसद सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई २५ मिनेटको समय तोकिएको छ भने दोस्रो ठूलो दल नेपाली कांग्रेसलाई १० मिनेट समय तोकिएको छ ।
त्यस्तै नेकपा एमालेलाई आठ मिनेट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई ७/७ मिनेट समय तय गरिएको छ । त्यस्तै स्वतन्त्र सांसदलाई पाँच मिनेटको समय तोकिएको छ ।
बैठकमा रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका तर्फबाट सांसद भीष्मराज आङ्देम्बे, एमालेका कार्यवाहक अध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा, नेकपाबाट बर्षामान पुन, श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सम्बोधन गर्ने बताइएको छ । त्यस्तै स्वतन्त्र सांसद महावीर पुनले पनि बैठकमा सम्बोधन गर्ने भएका छन् ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा