पार्टीमा अनाधिकृत गतिबिधि नगर्न गगन थापाको चेतावनी
- सत्यदीप सन्देश संवाददाता
- बैशाख १, २०८३
- 152 Shares
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा अनाधिकृत गतिबिधि नगर्न चेतावनी दिएका छन् ।
काठमाडौंमा जरा अभियानको शुभारम्भ गर्दै सभापति थापाले सकेसम्म पार्टीका गतिविधिमा सहयोग गर्न नसकेमा आफुले गरिरहेका काममा अवरोध नगर्न आग्रह गर्दै अनधिकृत गतिविधि नगर्न चेतावनी दिएका हुन् ।
उनले आफु पार्टीको विधानले बाधिएको बताउदै बैशाख महिना भित्र क्रियाशील सदस्यता अध्यावधिक नगर्नेको सदस्यता नरहने स्पष्ट गरे ।
उनले सरकार मिलेर काम गर्ने वातावरण बनाउनुपर्ने बताउदै भने( ुताली एक हातले मात्र बज्दैन, दुई हातले बज्छ । हामी मिलेर काम गर्ने भनेका भन्यै छौँ । हामीलाई मिलाएर, सँगसँगै लिएर जाने हो कि होइन यो सरकारको काम हो ।
थापाले विधिसम्मत काम नभएका ठाउँमा कांग्रेसले प्रश्न उठाउने बताउदै अब पार्टीलाई प्रतिपक्षको भूमिका निभाउन सक्ने बनाउन लागेको बताए ।
उनले पार्टी बाहिर अनावश्यक सदस्यताको बारेमा कोलाहल नगर्न र आफ्नो वडा इकाइमा गएर क्रियाशील अध्यावधिक गर्न आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा