चर्चामा

एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी

एमालेको प्रदर्शन सुरु, जुट्दै राजावादी
0 0
Read Time:3 Minute, 11 Second

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट एमालेको र्‍याली सुरू भएको छ । गणतन्त्र दिवसलाई जनताको खुशी र गौरवको दिनको रूपमा उत्सवको रूपमा मनाउने निर्णयअनुसार एमालेले देशभर प्रदर्शन गर्दैछ । बागबजार, पुतलीसडक, भृकुटीमण्डप, सुन्धारा, टेकु र त्रिपुरेश्वरमा जम्मा भएर उनीहरू परम्परागत भेषभूषा, सांस्कृतिक झाँकी र्‍यालीसहित भृकुटीमण्डपतर्फ बढेका छन् । प्रदर्शनको क्रममा गणतन्त्र जिन्दावाद, गणतन्त्रको रक्षा गरौँ, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दवादजस्ता नारा लगाइएको छ ।

भृकुटीमण्डपबाट र्‍याली रत्नपार्क पुगेर सम्बोधनसहित समापन हुने कार्यक्रम रहेको छ । तर, यही गणतन्त्र दिवसको दिन राजावादी समूहले व्यवस्थाकै विरुद्ध राजधानीमा प्रदर्शन आयोजना गरेको छ ।

‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आयोजनामा राजधानीको शान्तिबाटिका क्षेत्रमा बिहीबार दिउँसो २ बजेपछि प्रदर्शन गर्न लागिएको हो । राजावादी समूहले बिहीबारदेखि अनिश्चितकालसम्म आन्दोलन गर्ने बताउँदै आएको छ । राजावादी समूह विभिन्न स्थानबाट र्‍याली सुरु गरेर शान्तिबाटिकामा भेला भेला हुँदैछन् ।

यता गणतन्त्रलाई उत्सवको रूपमा बनाउने भन्दै नेकपा एमालेले समेत बिहीबार नै प्रदर्शनको आयोजना गरेको छ । एमालेलाई प्रशासनले दिउँसो २ बजेसम्म प्रदर्शन गर्नेगरी समय निर्धारण गरेको छ । एमालेले भृकुटीमण्डप क्षेत्रमा प्रदर्शन सुरु गरेको छ ।

राप्रपाले आन्दोलनका लागि काठमाडौँ आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गर्ने प्रयास भएको आरोप लगाएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ आइरहेकारुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको सूचना प्राप्त भएको बताए ।

‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %