हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- सत्यदीप सन्देश संवाददाता
- असार १४, २०८३
- 51 Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरेका छन् । उनले अहिले आफूहरूलाई कमजोर नठान्न उनले आग्रह गरे ।
‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं,’ मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘धुलो टक्टक्याउँदै उठ्छौं । अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं ।’
उनले अहिलेको सरकार र यसले गरिरहेका गतिविधिहरूप्रति पनि आपत्ति जनाए । असंवैधानिक ढंगबाट संसद् विघटन गरी चुनाव गएको प्रसंग उठाउँदै उनले त्यो बेलामा सबै मिल्न नसकेको बताए ।
‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले,’ ओली भने, ‘यो चुनाव बामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन । पहिले नै परिणाम तय थियो । अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको छ ।’
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सम्बन्ध विच्छेद गर्न अब एक वर्ष कुर्नु नपर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा