पाल्पा – बुटवल खण्डको सडक भासियो
- सत्यदीप सन्देश संवाददाता
- साउन ८, २०८१
- 341 Shares
बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा – बुटवल खण्डको हिउँदे खोला नजिकै झन्डै ६० मिटर सडक भासिएको छ ।
तिनाउ गाउँपालिका ५ हिउँदेखोलामा निरन्तरको वर्षाले सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
यही खण्डमा दुई वर्ष अघि पनि सडक भासिदा यात्रुले हप्ता दश दिन सास्ती भोग्नु परेको थियो । अहिले पुन सडक भासिदा यात्रु र सवारी जोखिम मोलेरै यात्रा गर्न बाध्य छन ।
भासिएको खण्डको दिर्घकाली समस्या समाधनको लागि राज्यले ध्यान नदिदा पुन समस्या भोग्नु परेको यात्रुको गुनासो छ । यस खडक भएर दैनिक ४ हजार बढी साना ठुला सवारी आवतजावत गर्दै आएका छन ।
तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको भए पनि सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए । सडकको तल्लो भाग भासिने र माथिल्लो भागबाट पहिरोको जोखिम रहेकोले सावधानि अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।
ठुला सवारी सञ्चालन गर्दा अझ सडक भासिएर जोखिम निम्तीन सक्ने भएकोले अहिले डाइभर्सन निर्माण गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारीकारी आनन्द काफ्लेले बताए।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३


लेखकको सम्वन्धमा