चर्चामा

प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’

प्रचण्डलाई ओलीको जवाफ – ‘तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम’
0 0
Read Time:2 Minute, 26 Second

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कडा जवाफ दिएका छन्।

सोमबार संसदमा प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रश्न उठाएपछि ओलीले सामाजिक सञ्जालमार्फत ती प्रश्नहरूको जवाफ दिँदै प्रचण्डमाथि व्यंग्यात्मक प्रहार गरेका हुन्।

ओलीले कीर्तिपुर रंगशालामा फ्लडलाइट र प्यारापिट निर्माणका विषयमा प्रचण्डको प्रश्नको जवाफ दिँदै भनेका छन्, ‘मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड नेतृत्वको सरकारले कामलाई न टाइमलाइन तोकेको, न ठोस निर्णय लिएको र न कुनै स्पष्ट प्रतिबद्धता देखाएको आरोप समेत लगाएका छन् । ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन, र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन ।’, उनले भने ।

ओलीले आफ्नो नेतृत्वमा भएका कामहरूलाई उदाहरण दिँदै थप भनेका छन्, ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु ।’

ओलीको भनाइ अनुसार अहिलेको सरकार नारा होइन, कार्यमा विश्वास गर्छ। उनले संसदमार्फत प्रचण्डलाई तथ्यमा आधारित भएर आलोचना गर्न सुझावसमेत दिएका छन्।

यसअघि, प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले संसदमा बोल्दै ओली सरकारको कार्यशैली, सार्वजनिक उत्तरदायित्व, भ्रष्टाचार नियन्त्रण, रोजगार सिर्जना, र पूर्वाधार विकासजस्ता विषयमा प्रश्नैप्रश्न उठाएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %