चर्चामा

उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र

उत्कृष्ट रक्तदाताको सम्मानमा राष्ट्रिय युवा संघलाई प्रशंसा-पत्र
0 0
Read Time:3 Minute, 21 Second

रुपन्देही । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटी र विजयनगर गाउँ समितिलाई उत्कृष्ट रक्तदाताको सम्मानमा प्रशंसा-पत्र प्रदान गरेको छ । रुपन्देही जिल्ला शाखाले सोमबार ६० औँ रक्तसञ्चार सेवा दिवसको अवसरमा राष्ट्रिय युवा संघ र गाउँ समितिलाई प्रशंसा-पत्र प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा समितिका संयोजक सुशील गुरुङले जानकारी दिए ।

बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाद्वारा राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकलाई प्रशंसा-पत्र प्रदान गरिएको जनाइएको छ । यसले समाजमा स्वास्थ्य र जीवनको सुरक्षामा अहम योगदान पुर्‍याएको रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष रामचन्द्र उपाध्यायको भनाइ छ ।

राष्ट्रिय युवा संघ नेपाल र विजयनगर गाउँ समितिले रक्तदानको महत्वलाई मध्यनजर गर्दै आर्थिक वर्ष २०८१र०६२ मा “रक्तदान, जीवनदान” भन्ने प्रेरणादायी नारा अनुरुप १ सय ३० युनिट रक्तदान गरी उत्कृष्ट संस्थाको रुपमा मान्यता प्राप्त गरेका छन् ।

विभिन्न सामाजिक गतिविधिहरूमा संलग्न संस्थागत संगठनले रक्तदान कार्यक्रमलाई निरन्तरता दिने कार्यमा उच्च प्राथमिकता दिएका हुन् । यस कार्यक्रमको सफलतासँगै नेपाल रेडक्रस सोसाइटीले ६० औँ रक्त सञ्चार दिवसको अवसरमा प्रशंसा-पत्र प्रदान गरी सकारात्मक द्वन्द्व र सहयोगको प्रतीकका रूपमा रक्तदाताहरूको महत्त्वलाई उजागर गरेका छन् ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले रक्तदातालाई बधाई दिँदै रक्तदानको महत्व र आवश्यकतालाई जनचेतना फैलाउन महत्त्वपूर्ण सहयोग पुर्‍याएको बताए । गाउँपालिकाले पनि रक्तदान कार्यक्रमलाई गहिरो चिन्तनका साथ हरेक दृष्टिकोणले रक्तदान जस्तो पवित्र कार्यमा निरन्तर योगदान पुर्‍याउने भन्दै अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।

यस्तै राष्ट्रिय युवा संघ नेपाल विजयनगर गाउँ कमिटीका अध्यक्ष तौलेश्वर खटिकले प्रशंसा-पत्र ग्रहण गर्दै भविष्यमा पनि यस्ता सामाजिक कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %