चर्चामा

राजनीतिक अस्थिरताको कारणले पनि सहकारीको आर्थिक विकासमा बाधा पु¥याएको हो ।

राजनीतिक अस्थिरताको कारणले पनि सहकारीको आर्थिक विकासमा बाधा पु¥याएको हो ।
0 0
Read Time:32 Minute, 21 Second
  • बुटवलमा मात्र होइन पश्चिम नेपालमै सहकारी अभियान्ताको नाम लिदा नछुट्ने एउटा नाम हो, चन्द्र बहादुर महत, वि.सं.२०२८ साल आषाढ १२ गते छत्रकोट गाउँपालिका वार्ड नं. ३ मा बाबा हुम बहादुर महत र आमा उमाकला महतको साईला छोराको रुपमा जन्मिएर बसाई सराई गरी रुपन्देहीको ति.न.पा. न.पा. ४ बसोबास गरेका महत सहकारी आन्दोलमा होमिएको डेढ दशक बढि भयो । महत अहिले पारदर्शी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । संस्थामा आबद्ध शेयर सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा विकासगर्नुपर्छ भन्ने प्रमुख विषय राखी २०६६ साल मंसिर ३० गते डि.स.का दर्ता ना. ५७५/९१५/०६६/०६७ मा भैरहवा रुपन्देहीबाट दर्ता भई सहकारीको मूल्य मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै सदस्यहरुमा छरिएर रहेको श्रोत र साधनलाई एकिकृत गरी उनिहरुको आर्थिक, सामाजिक र सांस्कृतिक विकास गर्न यस संस्थाको स्थापना गरिएको हो । प्रारम्भमा २८ जना सदस्य हरुबाट कारोबार संचालन गर्दै आएको सहकारीमा हाल ८१० जना सदस्य छन । हाल संस्थाको कार्यालय बुटवल १० कालिकानगरमा रहेको छ । यो सहकारी सदस्यहरुको हितमा वित्तिय समाधानको रुपमा स्थापित संस्था भएकोले यसबाट सदस्यहरुको आर्थिक जीवनस्तर उकास्न सरल र सुलभ रुपमा बचत, ऋण आर्थिक रुपमा मनि ट्रान्सफर आई.एम.ई तथा अन्य सेवाहरु उपलब्ध गराउने काम गरिरहेको छ । समाजमा कमजोर वर्ग र निम्न आय भएका समूदायहरुलाई सहकारीको पहुँचसम्म पु¥याउनको लागि संस्थाले व्यवसायी क्षमता अभिबृद्धि, परामर्श सहकारी शिक्षा तालिम, गोष्ठी सेवामूलक कार्यहरु संचालन गरि आएको छ । यसै विविध बिषयमा अध्यक्ष महतसँग सत्यदीप सन्देशका लागि बसन्तराज बराल ले गरेको कुराकानीको संम्पादित अंश :

१. तपाई हालै मात्र सहकारीको अध्यक्षमा निर्वाचित हुनुभएको छ । अब तपाईको मुख्य प्राथमिकता के हुन्छ ?
आज म धेरै खुशी छु । किनभन्दा संस्थामा आबद्ध शेयर सदस्यहरुको मन र विश्वासलाई जितेर ९ बर्षमा पारदर्शी बचत तथा ऋण सहकारी संस्था लि.को गरिमामय अध्यक्ष जस्तो पदमा निर्वाचित भएको छु । सदस्यहरु ज्यू बाट यस संस्थाको नेतृत्व गर्ने जो जिम्मेवारी मलाई प्रदान गर्नुभएको छ । म आफ्नो क्षमताले भ्याएसम्म संस्था र सदस्यहरुको हितमा काम गर्नेछु भन्ने प्रण गर्दछु र सदस्यहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहान्छु ।
मैले र मेरा समितिहरुका निकायले हर तरह सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक, विकासमा पहिलो भूमिका खेल्नेछन् । भन्दा आर्थिक विकास कस्तो भन्ने विषय आउँछ । सदस्यहरुको आर्थिक विकास कसरी गर्न सकिन्छ भन्ने प्रश्न आउँछ । सदस्यहरुको आर्थिक विकास त्यसै हुन सक्दैन । त्यसको मूल आधार शिला बनाउने दायित्व संस्था सहकारीको हुन्छ । सदस्यहरुले गर्ने बचत र ऋण दुवै गरेर मात्र हुँदैन । जति हामी सदस्यहरुका लागि संस्थाबाट प्रभावकारी योजना दिंदैनौ । त्यो त्यति विकासको आधार बन्दैन । जबसम्म सदस्यहरुलाई आर्थिक विकास गर्नको लागि उनीहरुलाई चाहिने आवश्यक पर्ने शिक्षा ज्ञान, कार्यक्रमहरु दिन सकिदैन त्यो सार्थक रहन्न । त्यसकारण उनीहरुको आर्थिक विकास बृद्धि गर्न संस्थाद्धारा योजना माथि लगानी गर्नुपर्छ । त्यो लगानी उत्पादनशिल क्षेत्रमा प्रयोग गरी त्यसबाट प्राप्त हुने प्रतिफल आफू स्वयंम र संस्था दुवैको हितमा प्रभावकारी हुन जान्छ । दुवै पक्ष संस्था र सदस्यहरु बाँच्ने र बचाउने आधार दीर्घकालिन सम्म हुन जाँदा सदस्यहरुको आर्थिक विकासमा एउटा आधार बन्न सक्छ । सामाजिक पाटो भनेको सहकारी आफैमा सहकार्यमा सामूहिक व्यवसाय गर्ने एउटा मूल थलो हो । यसले समाजका हरेक क्रियाकलाप र गतिविधीहरुलाई सुज्जित गरी सामाजिक कार्य गर समाज बनाउ, नमूना समाज बनाउ एक अर्कोलाई सहयोग गर सद्भाव राख भन्ने कुराको सन्देश र जानकारी गराउँछ । त्यसकारण पनि सहकारी आफैमा सामाजिक रुपमा मिलेर काम गर्ने थलो भएको हुनाले सदस्यहरुलाई आर्थिक विकास संगै सामाजिक कार्य गर्नमा पनि अग्रसर गराउनु पर्छ । तेस्रो कुरा सहकारी भनेको बहुजाति, धर्म सास्कृतिक संस्था हो धरोहरले सजिएको । हाम्रा सांस्कृतिक चलन परिचलन समाजमा असंख्य छन् । हाम्रा कला सांस्कृतिक परिदृष्य समाजमा विभिन्न समय र परिवेशमा देखिन्छन् । यस्ता धरोहरलाई जोगाउनु पर्छ, संरक्षण गर्नुपर्छ । यसको विकासमा सबै सदस्यहरुले उत्तिकै महत्वपूर्ण भूमिका खेल्नु पर्छ ।

२. आर्थिक विकासमा सहकारीको भूमिका प्रभावकारी हुन नसक्नुको कारण के हो ?
देशको आर्थिक विकास जबसम्म हुँदैन सहकारीले मात्र गरेर हुँदैन । मुख्यतः राज्यको आर्थिक विकास राम्रो प्रभावकारी हुनुपर्छ । हाम्रा नीति कार्यक्रम योजना मात्र हुँदैन । देश र सहकारीको आर्थिक विकास कसरी गर्न सकिन्छ । राज्यले सहकारीलाई एगकज गउ र प्रणाली दिन जरुरी हुन्छ । नीति, कार्यक्रम योजना मापदण्ड मात्र भएर पुग्दैन प्रणाली परिचालन गर्नु आवश्यक हुन्छ । सहकारीको आर्थिक विकास गर्न त अब्बल आर्थिक विकासका खाकाहरु बन्नुपर्छ । संस्थामा आबद्ध शेयर सदस्यहरुबाट आर्थिक विकास हुन सक्छ भनेर हुँदैन । सदस्यहरुले मात्र गर्न खोजेर मात्र हुँदैन । हाम्रा आर्थिक विकास गर्ने कार्यक्रमहरु कस्ता हुन । कार्यविधि कुन ढंगको तयार गर्नुपर्ने हो त्यो क्षमता र दक्षता हामीसंग छ छैन, गर्न सकिने नसकिने कुराले पनि संस्था र सदस्यहरुलाई अन्योलमा पारेको छ । अब संस्थामा आबद्ध सदस्यहरुले सबैको आर्थिक विकासमा यो प्रभावकारी भूमिका खेल्नु पर्छ भन्ने मनसाय भए स्पष्ट खाका तयार गरी हामी गर्न सक्छौ । यो संभव छ । भन्ने हुन जरुरी छ ।

३. सहकारीमा खास समस्या के हुन जस्तो लाग्छ तपाईलाई ?
मेरो १० बर्षको सहकारीको अनुभव र अध्ययनले खास देखेको कुरा र बुझेको मैले के देख्छु भन्दा हामी हिड्ने बाटो कहाँ सम्म हो । यो हिड्ने दौरान समस्याहरु के के आउन सक्छन् । प्रथम त पहिचान नगरीकन हिड्छौ राज्यको सहकारी नीति के छ र हाम्रो सहकारीको नीति के छ जाँच्ने र बुझ्ने बानी हामीमा हुदैन । यस्तो परिपाटीमा हाम्रा काम कार्वाही अगाडि बढीरहेका हुन्छन् । बढी रहेका हुन्छन् अनि पछि गएर हामीले गरेका कामहरुमा समस्या माथि समस्यामा बल्झिन पुग्छन् । त्यसलाई निराकरण गर्नको लागि हामीलाई समय लाग्छ । त्यसो हुनबाट जोगिनको लागि सहकारीको मूल्य र मान्यतालाई सिरोपरी राख्नु पर्छ । यस्तो प्रकारको काम हामीले प्रयोगमा लिन सकियो भने कुनै पनि सहकारी आफ्ना समस्याबाट बञ्चित हुनु पर्दैन । यसले समग्र सदस्यहरुको हितमा सहयोग पु¥याउँछ ।
अर्को कुरा कुनै पनि सहकारीमा बचत र ऋणमा ब्याजदर दिने तरिका फरक फरक हुन सक्छ । यस्तो प्रकारको व्यवस्थापनmे गर्दा सदस्यहरु एक सहकारी छोडी पुनः अर्को सहकारीमा प्रवेश गर्ने कारण पनि समस्या हो । संस्थालाई समस्याबाट मुक्त दिलाउन अनुगमन र निरिक्षणको खाँचो पनि आवश्यक पर्छ । सम्बन्धित निकायले यसलाई बेला बेलामा हेर्नु पर्छ । यसो गर्दा संस्थाको कार्यप्रगतिमा राम्रो सफलता मिल्न सक्छ । ऋणको कुरा आउँछ ऋण सदस्यहरुलाई उपयुक्त शीर्षकमा लगानी गरिन्छ । त्यो लगानी कर्जा सही प्रयोजनामा सदस्यहरुले प्रयोग गर्नुभए नभएको छ छैन तर उत्पादनशील क्षेत्रमा मात्र प्रयोग भएमा त्यस्तो आर्जन गरेको आम्दानीले सजिलैसंग संस्थामा बुझाउनु पर्ने किस्ता र ब्याज बुझाउन सकिन्छ । नत्र त्यो लगानी रकम त्यसै खेर गई किस्ता बुझाउन नसक्ने स्थिति सृजना निश्चित कार्य क्षेत्र हुँदा सहकारीलाई काम गर्दा अप्ठारो परेको छ । कारोबारको आधारमा कार्य क्षेत्र जिल्ला र प्रदेश तह सम्म संस्था र सदस्यहरुको हितमा प्रभावकारी हुन्छ । त्यसकारण यस्ता प्रकारका समस्याहरु संस्थाहरुमा नभएका होइनन् । त्यसलाई सहि दिशामा ल्याउन सदस्यहरुको गतिविधीलाई पहिल्याउन जरुरी हुन्छ ।

४. त्यसलाई निराकरण गर्न के गर्नुपर्छ ?
सबै सहकारीलाई व्यवस्थित गर्नुपर्छ । अनुगमन र निरीक्षण गर्नुपर्छ । प्रणाली दिनु पर्छ । सदस्यहरुलाई शिक्षा तालिम सूचना गोष्ठी प्रभावकारी ढंगले संचालन गर्नुपर्छ । निजी क्षेत्रले मात्र चाहेर हुँदैन राज्यबाट पोलिसी बनाउनु पर्छ । सोही पोलिसी अनुसार काम गर्दा राम्रो र सदस्यहरुको बिचमा प्रभाव पार्दछ । यसो गर्दा निश्चित सहकारीको निराकरणमा सफल हासिल गर्न सकिन्छ ।

५. सहकारीको विकासलाई कुन रुपमा हेर्नु भएको छ ?
हजुरले प्रश्न सोध्दै गर्दा आज विश्वको कतिपय मुलुक सहकारीको माध्यमबाट देश समृद्धि तर्फ अग्रसर भएका छन् । सानो उदाहरणको लागि इजराईल, डेनमार्क, चीन, भारत हाम्रा मित्र राष्ट्रहरु हुन् । हुन त हामी विकास चाहिरहेका छौ समृद्धि पनि तर चाहेर मात्र हुदैन देशको अवस्था भुपरिवेष्ठित भौगोलिक कठिनाई, पारवहन, सिंचाई, यातायात, बाटो, जनशक्तिको अभाव र अन्य असुविधाहरुले पनि राज्यको विकास र सहकारीको विकासलाई भने जस्तो गर्न सकिरहेको छैन । धेरै कुरामा हामी परनिर्भर हुनु परेको छ । यसकारण हामी अघि बढ्न सकिरहेका छैनौं । नेपालमा २०१३ मा प्रथम बचत तथा ऋण सहकारी संस्थाको उदय चितक बाट भएको थियो । सहकारीले जन्म लिएको ६२ बर्षमा प्रवेश भएको छ । नेपालमा हजारौंका संख्यामा सहकारी स्थापना भएका छन् । धेरै भन्दा धेरै बचत तथा ऋण सहकारीमा कारोबार गर्नेको संख्या छ । बचत गर्ने र ऋण खाने मात्र प्रचलन बढी मात्र छ । यसले दीर्घकालिन रुपमा सदस्यको हितमा प्रभावकारी काम गर्न सक्दैन । छोटो अवधिसम्म रहरका बचत गर्ने त्यसपछि थोरै जम्मा भएको पैसा निकाल्ने लैजाने काम भएको छ । यस्तो गतिविधीले नत सदस्यको हितमा काम गर्छ नत संस्था बलियो भएर जान्छ सहकारी आफैमा बलियो खम्बा हो । दुःख र सुखमा साथमा सहयोग गर्ने प्रमुख माध्यम हो थलो पनि हो । यसको बारेमा जानकारी नहुँदा र यसको अध्ययन सबैले नगर्दा सदस्यहरुले भने जस्तो प्रतिफल प्राप्त गर्न सकिरहेका छैनन् । सहकारीमा बचत र ऋणको कारोबार मात्र गरेर पुग्दैन । यसले अन्य गतिविधी संचालन गर्नुपर्छ । सहकारी उत्पादनशील क्षेत्रमा जानु पर्छ । जति उत्पादनमूलक क्षेत्रमा सहकारी जान सकियो । यसले राज्यलाई औद्योगिक क्षेत्रमा सपोट गर्न सक्छ । देशमा उद्योग, कलकारखाना खोलिन्छन् कच्चा पदार्थ बाहिरबाट आयात गर्नु पर्ने हुँदैन । सहकारीको विकास हुन्छ । राज्य समृद्धि हुन्छ ।
सहकारी सामूहिक रुपमा सहकार्यमा काम गर्ने एउटा थलो हो । यहाँ बाट सदस्यहरुलाई बिभिन्न प्रकारका सिप मुलक, आप मुलक, उत्पादक मुलक अंगको पहिचान गरी तालिम प्रदान गरी व्यवसाय संचालन गर्नको लागि अभिप्रेरित गरिन्छ । जुन व्यवसाय संचालन गरे पश्चात उनिहरुका लागि जीवनलाई एउटा बाँच्ने आधार बनाउने हुन् । यसो गर्दा उनीहरुले गरेको कारोबार अर्थ पूर्ण हुने छ । सहकारीको विकास र सदस्यहरुको जीवनको एउटा आधार स्थापना गर्न सहकारीले राष्ट्रिय गौरवका योजनाहरुमा लगानी गर्ने वातावरण मिलाउन पर्छ । वैज्ञानिक ढंगको कृषि योजना निर्माण र त्यसमा सहकार्यमा लगानी गर्ने वातावरण राज्य तर्फ बाट गर्नुपर्छ । अनि मात्र सदस्य आफै क्रियाशिल भई सहकारीको विकासमा केन्द्रित हुन र राज्य र सहकारीलाई फाइदा पुग्नेछ । सहकारीलाई चलायमान गर्न सदस्यहरु र सम्बन्धीत निकायको सक्रिय सहभागिता रहन जरुरी ठान्दछु । तब मात्र यो देशमा सहकारीको विकासमा केही अंश देखिनेछ ।

६. सहकारीले आर्थिक विकासमा कत्तिको योगदान दिएको पाउनु भएको छ ?
साहु महाजनका घरमा गई २, ३ रुपैयाँ ब्याजदरमा रकम ल्याउने प्रचलनको लगभग सहकारी क्षेत्रले अन्त गरेको छ । अहिले सहकारीमा प्रवेश गर्ने र संस्था स्थापना गर्र्नको संख्या तिब्र गतिमा छ । संस्था खोल्नु ठूलो कुरा रहेन यो एउटा सामाजिक कार्य पनि हो तर संस्थालाई अगाडि गति दिनु ठूलो कुरा रहेछ भन्ने कुरा ठान्दछु । सानो हुँदा थोरै भइन्छ ठूलो भएपछि चाप्न थाल्छ । भारी ठूलो भए पछि बोक्न दुख हुन्छ स्वभाविकै हो । एउटा पथबाट हेर्दा सहकारी राम्रो कुराहरु हुन सबै मिलेर कारोबार गरी रहनु भएको छ अर्को कोणबाट हेर्दा हाम्रा नीति नियमहरुले कसका आर्थिक विकासमा राम्रो योगदान पु¥याउन सकेको छैन कि कता कतै अलमलमा परेको हो कि भन्ने लाग्छ । एक पक्ष राज्य व्यवस्था, नियम, राजनीतिक अस्थिरताको कारणले पनि सहकारीको आर्थिक विकासमा बाधा पु¥याएको हो कि भन्ने लाग्छ । समग्रमा केही हदसम्म भए पनि अहिले सहकारीले आर्थिक विकासमा योगदान पु¥याएकै छ । दुःख पर्दा गर्जो टार्ने कामको व्यवस्था सहकारी संस्थाहरुले नै गरेका छन् ।
७. सहकारीले अझै जनमानसको विश्वास जित्न सकेको छैन । सहकारीलाई व्यवस्थित गर्न के गर्नुपर्ला ?
तपाईले राम्रो प्रश्न सोध्नु भयो । मैले र मेरा प्रिय साथी मेख बहादुर क्षेत्रीले २०६६ सालमा सहकारी स्थापना गर्दा संस्थामा आबद्ध हुनका लागि सर्वसाधारणको घरदैलोमा जाँदा हामी पारदर्शी बचत तथा ऋण सहकारी संस्थाबाट आएका हौं । यस संस्थामा आबद्ध हुन प¥यो भन्दा वहाँहरुले भन्ने गर्नुहुन्थ्यो हामी त धेरै सहकारी संस्थामा खेलियो खेलेका पनि छौ । आजकल त सहकारी खाएर भाग्न थाले खै कसरी आबद्ध हुने हो कसरी विश्वास गर्ने भन्ने कुरा आउथ्यो । त्यतिबेलाको परिस्थिति पनि अलि त्यस्तै थियो फाट्टे फुट्टी यस्ता कुरा सुन्निथिए । हामीले वहाँहरुलाई राम्रोसंग सहकारीको जानकारी र सहकारीप्रतिको चाँसोको बारेमा बृहत छलफल गराई हाम्रो संस्था यस्तो हो हामी स्थानीय तहमा बसोबास गर्ने तपाईहरुका छोराछोरी इष्टमित्र हौ हामी स्थायी रुपमा घर व्यवस्थापन सहित बसेका छौ । हजुरहरु डराउनु पर्दैन भनेर संस्थामा सदस्य गराउने काम गरेका थियौ । त्यति बेला सहकारी खाएर भाग्छन भन्ने त्रास समाजमा रहेको थियो । अब त्यस्तो छैन । त्यो भ्रम समाजमा चिर्ने काम भएको छ । सहकारी ऐन नियमावली, मापदण्ड शिक्षा तालिम सूचना प्रवाहले पनि सदस्यहरुलाई सचेत बनाएको छ । वहाँहरुले बुझ्नु भएको छ । अब हामी सकृय र हाम्रो सहभागिता संस्थामा हुनुपर्छ । संस्थाका हरेक क्रियाकलाप गतिविधीमा सामेल हुनुपर्छ । बार्षिक साधारण सभा लगायत अन्य कार्यक्रममा हाम्रो अनिवार्य उपस्थित हुनुपर्छ । हाम्रो उपस्थितिलिे पनि सदस्य र संचालकहरु बिचको मनोवल बढाउँछ र संस्थालाई सपोट गर्छ भन्ने बुझिन्छ र हाम्रा आर्थिक गतिविधीहरुलाई नजिकबाट नियाल्न मद्दत पुग्छ । यो उपस्थितिले पनि के चित्रण गरिरहेको छ भने सहकारी खाएर भाग्छन् भन्ने शब्द मैले आजभोली सुनेको छैन यो बिचमा धेरै यो परिर्वतन भएको छ । धेरैले बुझीसके । संस्थाका संचालकहरुको नियत पनि राम्रो र धेरै शिक्षित भई आए । सोच र कार्यदक्षतामा परिवर्तन भयो । अब यस्तो हुनु हुँदैन भन्ने आभास महशुस गरायो । पहिला जस्तो घटना अब दोहोरिएका छैनन् राम्रो पक्ष हो । अब सहकारीलाई व्यवस्थित गर्ने अनुगमन निरिक्षण प्रणाली अगाडि बढाउनु पर्छ । यसो गरिएन भने सहकारीको विकास हुन बाधा पर्न जानेछ । र त्यसको प्रत्यक्ष असर सदस्यको हितमा पर्नेछ ।
८. सहकारी क्षेत्र बचत तथा ऋणमा मात्र केन्द्रित भएको पाईन्छ । यसलाई उत्पादनशील क्षेत्रमा फोकस गर्न के गर्नुपर्ला ?
हो ६२ बर्षको अवस्थामा आईपुग्दा पनि अझै पनि सहकारी उत्पादनशील क्षेत्रमा प्रवेश गरेको देखिदैन । हुनत कोही कोही स्थानहरुमा भए होलान् । तर अनिवार्य भएको छैन । बचत गर्ने ऋण लाने खर्च गर्ने काम मात्र भएको छ । यसले संस्था र सदस्यको हितमा फलदायी हुन सक्दैन । अर्को कुरा उत्पादनको लागि जमिन, जग्गाको आवश्यकता त्यसमा तयार गरिने संरचनाको अभावले पनि त्यसतर्फ सहकारी उन्मुख नभएको पनि हो कि यस कारणको बाधा अड्चन भएर हो । गर्नुपर्छ उत्पादनशील क्षेत्रमा जानु पर्छ भन्दाभन्दै इच्छा हुँदा पनि त्यस्तो प्रकारको कठिनाई आएको हुन सक्ने आंकलन संस्था प्रति हुन सक्छ । सहकारीहरु उत्पादनशील क्षेत्रमा जान चाहिरहेका हुन लगानी गर्न खोजिरहेका छन् । त्यस्तो वातावरण कसले बनाई दिने आफूसंग जमिन जग्गा छैन । सहकारीहरु चाहेर पनि सकिरहेको अवस्था छैन ।

९. सहकारीलाई लगानी मैत्री बनाउन कस्तो ऐन आउनु पर्छ ?
सहकारी ऐन संस्था तथा सदस्यको हितमा हुनुपर्छ । संस्थाको कारोबारको आधार र योजना मुताविक जानु पर्छ । संस्थामा आबद्ध सदस्यहरुले चाहेर मात्र पनि हुँदैन । पूँजि निर्माण नभई हामी चाहेर पनि लगानी मैत्री बनाउन सक्दैनौ ६२ बर्षको हाम्रो अभ्यासलाई हेरिनु र त्यसबाट प्राप्त भएका अनुभवलाई संगालेर अबका दिनमा यो देशको सहकारी ऐन र नियमावली यस्तो बन्नु पर्छ भन्ने कुरा त सम्बन्धित निकायको ध्यान जानु स्वभाविकै हो । यसमा दुवैमत छैन । जनताको बिचमा आईसकेर यसलाई प्रयोगमा ल्याउन सकेपछि मात्र यसले सकारात्मक पक्ष र नकारात्मक पक्षलाई त्यति बेला नै सदस्यहरुले केलाउने छन् ।

१०. सहकारी सहुकारी भए भन्ने आरोप लाग्छ नि ? निक्षेप लिंदा थोरै लिने कर्जा दिनु पर्दा चर्को ब्याज लिने परिपाटी कसरी रोक्न सकिन्छ ? सहकारीलाई सदस्य केन्द्रित बनाउन सकिदैन ?
सहकारीका सबै सदस्यहरु संस्थाका मालिक हुन,ऋणी पनि हुन् । यहाँ कसैलाई पनि विभेदमा पारिएको छैन । संस्थामा सबै साहु नै हुन् । सबैको लगानी दायित्व बराबरी हुन्छ । सहकारी साहुकारी भन्ने आरोप लाग्छ यो गलत हो । यस्तो कुरा आउनु पनि हुँदैन । सबैले सहकार्यमा मिलेर कारोबार गर्ने थलोमा पनि साहुकारी को कुरा आउन मेरो विचारमा त्यति राम्रो लाग्दैन । ६२ बर्षको इतिहासमा कुनै बेला आरोप आए होला । तर अहिलेको परिप्रेक्ष्यमा यस्तो कुरा सुनेको छैन । संस्थामा एउटा नेतृत्व लिने र संस्था परिचालन गर्ने व्यक्तिको आवश्यक पर्छ उसको अण्डरमा संस्थाले गति लिनु पर्छ स्वभाविकै पनि हो । जहाँसम्म हजुरले थप्नु भएको निक्षेपको ब्याज थोरै ऋणमा चर्को ब्याज कुरा छ सहकारी मापदण्डमा दिने लिनेको ब्याजदर ६ प्रतिशतको अन्तर हुनुपर्छ भन्ने कुरा लेखिएको छ । अझै नियमावली २०७४ आईसकेको छैन । अबको दिनमा कस्तो परिवर्तन भएर आउने हो थाहा छैन । मैले हेर्छ अधिकतम सहकारी हरु १ प्रतिशत, २ प्रतिशत, ३ प्रतिशतको हिसाब किताबको आधारमा चलिरहेका छन् पुराना सहकारी १ प्रतिशत, २ प्रतिशत अलि नयाँ नयाँ सहकारीहरु ३ प्रतिशत चलिरहेका छन् । सदस्यहरुबाट धेरै ब्याज लिएर मात्र सदस्यहरुले आर्थिक विकास कसरी गर्न सकिन्छ हामी सदस्यहरुलाई र सर्वसुलभ ब्याजदरमा ऋण दिने काम गरिरहेको छौ । २,३ प्रतिशतको मार्जिन भनेको अफिस कर्मचारी लाभान्स वितरण, यातायात खर्च र अन्य विविध कार्यक्रमहरुमा खर्च हुनु हो । धेरै ब्याज सदस्यहरुबाट लिएर नाफा कमाउनु भन्ने सोच राख्नु हुँदैन । यदि त्यस्तो नाफा कमाउछु भन्ने सोच सहकारीहरुको हो भने गलत हुन्छ । मैले अगाडि पनि भनिसके सदस्यहरुको हितमा काम गर्नुपर्छ । प्रभावकारी बनाउनु पर्छ । लगानी उत्पादन मूलक क्षेत्रमा गर्नुपर्छ त्यस बाट आर्जन गरेको नाफा सदस्यहरुलाई विवरण गर्नुपर्छ । सहकारीलाई सदस्य केन्द्रित बनाउन सकिन्छ । सहकारीहरुले गरिरहेका पनि छन् हुनु पनि पर्छ । सदस्यहरुको पनि त्यहि अनुसारको संस्थामा लगाव हुनुपर्छ । संस्था र सदस्यहरुको बिचमा तालमेल हुदा सहकारीलाई सफल बनाउन सकिन्छ ।

११. सहकारी क्षेत्रमा खुलेआम राजनीति भईरहेको छ यसले सहकारी आन्दोलन कता जान्छ ?
मलाई चिन्ता लाग्छ सोच्छु नेपालमा राजनीतिक गर्नका लागि स्कूल जीवनबाट सिकाईन्छ । राजनितिलाई मुख्य पेशा नै बनाई रहेको छ । विद्यालयमा पनि त्यस्तैराजनीतिक संगठन छन् । देशको राजनीतिक क्षेत्र त्यस्तै नै देखेको छु । नभएर सहकारी क्षेत्रमा पनि राजनीतिक देखा परेको छ । यसले सहकारीको विकासमा निकै कठिनाई पार्दछ । किन भन्दा सहकारीमा पनि फलानो पार्टीको मान्छे कार्यसमितिको प्रमुख पदमा छ र अन्य सदस्यहरु फलानो पार्टीमा आबद्ध भएको भन्ने यो त्यो पार्टी भन्ने विवाद र हाम्रा तर्क वितर्क हुन्छन् । यसले गर्दा सहकार्यमा गर्न खोजेका कामहरु सबैजसो अबरुद्ध भई कुनै पनि काम अगाडि बढाउन सकिदैन । त्यसकारण जाति धर्म, राजनीति र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सहकारी स्वतत्र र सामुहिक सहकार्य गर्ने,व्यवसाय गर्ने थलो हो । यहाँ कुनै पनि राजनितिका कुरा हुनु हुदैन । यस्तो संस्था भित्र खुलेआम राजनीति फष्टायो भन्ने सहकारी आन्दोलन आन्दोलनमा सिमित भई अगाडि बढ्न नसक्ने अवस्था सृजना हुन्छ र बेलैमा सदस्यहरुले सोच्नु पर्ने अवस्था रहि आउँछ ।

१२. सहकारीलाई राजनीतिक मुक्त बनाउनका लागिका लागि के गर्न सकिएला ?
हाम्रो समाज नै त्यस्तै राजनीतिका कुरा नगरी मान्छे बाँच्न सक्दैन । यस्तो ठाउँमा राजनीति गर्नु हुँदैन भन्दा त्यहाँ सर्वप्रथम सुरु हुन्छ । खास गरेर देशको बेरोजगारी समस्याको कारणले पनि हुन सक्छ । मान्छेहरु कामको खोजीमा छैनन । एउटा घर परिवारमा जागिरे छ भने बांकी उसको आशामा सबै परिवार पर्खिरहेका हुन्छन् । उसले राजनीतिक नगरे र कसले गर्छ । सहकारी एउटा मिलेर सहकार्यमा गर्ने व्यवसाय भएको हुनाले यस्तो सामूहिक कार्य गर्ने संस्थामा राजनीतिको (क) पनि हुनु हुँदैन । यस्तो ठाउँमा राजनीतिक भयो भने संस्था नै धरासही परी सदस्यहरुको बचत फिर्ता गर्न पनि धेरै कठिनाई पर्छ । सहकारीमा यस्तो कार्य गर्नबाट रोक्नु पर्छ । राजनीतिको नाममा प्रोपेगण्डा गर्ने सदस्यहरुको शेयर निष्कासन गरि पुन कुनै पनि अर्को सहकारीमा प्रवेश गर्न चाहेमा रोक्नु पर्छ । यस्तो पोलिसी निर्माण राज्यबाट भएमा मात्र सहकारीमा राजनीतिक भन्ने शब्द पनि हटेर जान्छ । सहकारीमा शुद्धिकरण हुन्छ ।

१३.अन्तमा ?
सहकारी सम्बन्धी गतिविधि त्यसले पु¥याएको योगदान, प्रभावकारी कार्यान्वयन र निराकरणमा के गर्नुपर्ला भन्ने अन्र्तवार्ताको यस क्रममा जिज्ञासा राख्ने अवसर प्रदान गर्नु भएकोमा सत्यदीप सन्देश राष्ट्रिय साप्तहिक पत्रिका र तपाई बसन्तराज बराल लाइ हार्दिक धन्यवाद् दिन चाहान्छु ।
सहकारी आफैमा राम्रो व्यवसाय गर्ने थलो हो सहकारीबाट आफ्नो व्यक्तिगत जीवनलाई माथि उठाउन सकिन्छ । सहकारी अभियानमा लाग्नुस् सहकार्यमा काम गर्ने बानीको विकास गर्नुस् एक मुठी भन्दा हजारौं मुठी कस्दा सबैको भाग्य र भविष्य निर्माण गर्दछ । खर्च गरी बचेको रकमलाई बचत गरौं भन्न चाहन्छु ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %