शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति, बढुवा तीन आधारमा हुने
- सत्यदीप सन्देश संवाददाता
- साउन २२, २०८२
- 380 Shares
काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा समेटिएको शिक्षक कार्यसम्पादन मूल्यांकनसम्बन्धी प्रावधानमा सहमति जुटेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समितिको बिहीबार बसेको बैठकमा पाँच वर्षे कार्यसम्पादन मूल्यांकनको अधिकतम अंक ९० बाट घटाएर ८० मा झार्ने सहमति भएको हो ।

बैठकमा शिक्षक महासंघको सदस्यता सम्बन्धी एउटा बुँदा पनि पारित भएको छ। अब प्रधानाध्यापक नियुक्त भएपछि सम्बन्धित व्यक्तिको शिक्षक महासंघको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।
यस्तै, शिक्षकको बढुवासम्बन्धी व्यवस्था पनि पुनः परिमार्जन गर्दै तीनवटा आधारमा बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको छ ।
अब आन्तरिक प्रतियोगिता, जेष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। यसअघि यो प्रक्रिया आन्तरिक प्रतियोगिता र आवधिक बढुवासम्म सीमित थियो ।
समितिको परामर्श उपसमितिमा सहमति जुटाइसकेको प्रस्तावलाई औपचारिक रूपमा समितिको बैठकले अनुमोदन गरेसँगै अब विधेयकको मस्यौदा अन्तिम रूपतर्फ उन्मुख भएको छ ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा