शिक्षकको कार्यसम्पादन मूल्यांकन अंक ८० मा झार्ने सहमति, बढुवा तीन आधारमा हुने
- सत्यदीप सन्देश संवाददाता
- साउन २२, २०८२
- 332 Shares
काठमाडौं । विद्यालय शिक्षासम्बन्धी विधेयकमा समेटिएको शिक्षक कार्यसम्पादन मूल्यांकनसम्बन्धी प्रावधानमा सहमति जुटेको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा समितिको बिहीबार बसेको बैठकमा पाँच वर्षे कार्यसम्पादन मूल्यांकनको अधिकतम अंक ९० बाट घटाएर ८० मा झार्ने सहमति भएको हो ।

बैठकमा शिक्षक महासंघको सदस्यता सम्बन्धी एउटा बुँदा पनि पारित भएको छ। अब प्रधानाध्यापक नियुक्त भएपछि सम्बन्धित व्यक्तिको शिक्षक महासंघको सदस्यता स्वतः निष्क्रिय हुने व्यवस्था विधेयकमा समावेश गरिएको छ ।
यस्तै, शिक्षकको बढुवासम्बन्धी व्यवस्था पनि पुनः परिमार्जन गर्दै तीनवटा आधारमा बढुवा गर्ने प्रस्ताव बैठकबाट पारित भएको छ ।
अब आन्तरिक प्रतियोगिता, जेष्ठता तथा कार्यसम्पादन र कार्यक्षमता मूल्याङ्कनका आधारमा बढुवा हुने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ। यसअघि यो प्रक्रिया आन्तरिक प्रतियोगिता र आवधिक बढुवासम्म सीमित थियो ।
समितिको परामर्श उपसमितिमा सहमति जुटाइसकेको प्रस्तावलाई औपचारिक रूपमा समितिको बैठकले अनुमोदन गरेसँगै अब विधेयकको मस्यौदा अन्तिम रूपतर्फ उन्मुख भएको छ ।
प्रतिकृया दिनुहोस्
- पोखराको असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
- वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
- हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
- प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
- विश्वकप फुटबलको नकआउट चरणको समीकरण पूरा, कसको प्रतिद्वन्दी को ?
- एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
- रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
- रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित ९९ उम्मेदवार (सूचीसहित)
- रास्वपा निर्वाचन आयोगले भन्यो : सभापतिमा रवि लामिछाने निर्विरोध
- विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
-
मेस्सी बने विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी
असार ९, २०८३ -
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
असार १४, २०८३ -
रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू
असार १२, २०८३ -
हामी मरेका छैनौं, धुलो टक्टक्याउँदै उठ्छौं : ओली
असार १४, २०८३ -
वामपन्थी सहकार्य ढिला गर्नु गल्ती हुन्छ :प्रचण्ड
असार १४, २०८३ -
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
असार ८, २०८३

लेखकको सम्वन्धमा