चर्चामा

दीप बोर्डिङ कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको दाबी गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान

दीप बोर्डिङ कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएको दाबी गर्दै उत्कृष्ट विद्यार्थीलाई सम्मान
0 0
Read Time:5 Minute, 33 Second

बुटवल । दीप बोर्डिङ हाई स्कुल बुटवलले कक्षा १२ को बोर्ड परीक्षमा ३.९६ जीपीएसहित उत्कृष्ट नतिजा ल्याएका विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । विज्ञान संकायबाट सञ्जोगराज भण्डारीले ३.९६ जीपीए प्राप्त गरी नेपाल प्रथम र उत्सवराज भट्टराईले ३.९५ जीपीए प्राप्त गरी नेपाल दोस्रो भएको दाबी गर्दै विद्यालयले सम्मान गरेको हो ।

सञ्जोगराजले कक्षा ४ देखि र उत्सवराजले कक्षा नर्सरी देखिनै दीप बोर्डिङमा अध्ययन गरेका हुन् ।शुक्रबार आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले ४५ वर्षको यात्रामा विभिन्न चुनौतीका बिच पनि विद्यार्थी र शिक्षकको अथक परिश्रम, आत्मविश्वास र लगनशिलताले विद्यालयले हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । ‘यो शिक्षक, विद्यार्थी र अभिभावकको मेहनतको प्रतिफल हो ।’ उनले भने ‘संस्कारसहितको गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयास सफल भइरहेको छ ।’ शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी बनाउन कक्षाकोठालाई प्रविधिमैत्री बनाउँदै लगेको प्राचार्य न्यौपालेले बताए ।

कक्षा १२ र एसईई परीक्षामा उत्कृष्ट हुन सफल सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालयको ४५औँ वार्षिकोत्सवका अवसरमा बिशेष सम्मान तथा विद्यालयले घोषणा गरेका बिभिन्न पुरस्कार प्रदान गरिने उनले बताए । कक्षा १२ को नतिजामा रुपन्देहीका नीजि विद्यालयतर्फ दीप बोर्डिङ प्रथम हुन सफल भएको प्राचार्य न्यौपालेले बताए । कक्षा १२ को परीक्षामा १७८ जना विद्यार्थी सहभागी भएकोमा १८ जना विद्यार्थीले ए प्लस, ६७ जनाले ए, ५५ जनाले बी प्लस र २० जनाले बी ल्याएका छन् । विज्ञान संकायतर्फ विद्यालयले शतप्रतिशत नतिजा ल्याएको छ ।

विद्यालयका शैक्षिक प्रमुख सन्दीप पटेलले दीप बोर्डिङ र काठमाडौं विश्व विद्यालय (स्कुल अफ एजुकेसन) बीच ‘एलओए’ सम्झौता भएको बताए । त्यहाँका प्रोफेसरहरुले शिक्षण सिकाई क्रियाकलापलाई थप प्रभावकारी र गुणस्तरीय बनाउन यहाँका शिक्षकहरुलाई आबश्यक तालिम, सहकार्य र समन्न्वय गर्ने उनले बताए । आगामी दिनमा यहाँको शैक्षिक गुणस्तरमा अझैँ निखारता आउने शैक्षिक प्रमुख पटेलले विश्वास व्यक्त गरे ।

यस्तै, कक्षा १२ मा ३.९६ जीपीए ल्याएका सञ्जोगराजले अध्ययनका लागि दीप बोर्डिङमा उत्कृट शैक्षिक वातावरण रहेको बताए । उनले आफूले कक्षा ४ देखि यस विद्यालयमा अध्ययन गरेको बताए । गत वर्षको एसईईमा ४ जीपीए ल्याएका विद्यार्थी सुधांशु झाले विद्यालयले पारिवारिक वातावरणमा गुणस्तरीय र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको बताए । आफूले कक्षा ३ देखिनै दीप बोर्डिङको होस्टेलमा बसेर अध्ययन गर्दै आएको बताउँदै उनले आगामी शैक्षिक यात्रापनि यसै विद्यालयबाटै अघि बढाउने निर्णय गरी कक्षा ११ मा भर्ना भएको बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष राजेन्द्र ध्वजूले शिक्षालाई व्यावहारिक सिप र व्यावसायिकतासँग जोड्नु आजको आवश्यकता रहेको बताए । विद्यलयमा उत्कृष्ट शैक्षिक वातावरणसँगै शिक्षक र विद्यार्थीको लगनशीलता र मिहेनतले नै सफलता प्राप्त गर्न सकिएको बताए । अभिभावक राजेश भट्टराईले विद्यालयले प्रदान गर्दै आएको शिक्षाबाट आफू सन्तुष्ट रहेको बताउँदै नयाँनयाँ प्रविधिको विकास भइरहेको अबस्थामा विद्यालयले त्यसलाई पछ्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विद्यालयका उपाध्यक्ष उमाकान्त चापागाईं, विद्यालयका उप–प्राचार्यत्रय ज्ञानु थापा, कलाधर अर्याल, सुरेन्द्रप्रसाद शाक्य, प्लस टु संयोजक कमल नेपाल, शिक्षक पुरुषोत्तम पाण्डेय लगायतले विद्यालयले प्रविधिमैत्री शिक्षण पद्धति अपनाउँदै शिक्षाको गुणस्तर वृद्धिमा ध्यान दिँदै आएको बताए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %