चर्चामा

लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै होइनः सभपति देउवा

लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै होइनः सभपति देउवा
0 0
Read Time:1 Minute, 58 Second

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार भएको लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यक्रममा बोल्दै सभापति देउवाले यो विषय समग्र सामाजिक रूपान्तरणको एक महत्त्वपूर्ण विषय भएको बताए ।

यसमा सबै संवेदनशील बन्ने हो भने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने उनको भनाइ छ ।

‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन। यो समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय पनि हो। हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ,’ सभापति देउवाले भने, ‘लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिन्छ। लैङ्गिक संवेदनशीलताको सुझावहरूलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्नेछ ।’

सभापति देउवाले लैङ्गिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने बताए ।

(न्युज एजेन्सी नेपाल)

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %