लिपुलेक बारे भारत र चीनबीचको सहमति बारे संसदमा जोडदार विरोध
- सत्यदीप सन्देश संवाददाता
- भदौ ५, २०८२
- 254 Shares
काठमाडौं । प्रतिनिधि सभामा लिपुलेकको विषयमा भएको भारत र चीनबीच भएको सहमतिको विषय जोडदार रुपमा उठेको छ ।
प्रतिनिधि सभाको आजको बैठक बैठकमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले लिपुलेकको विषयमा भएको भारत-चीनबीचको सहमतिको विरोध गरेका छन् ।
एमाले मुख्य सचेतक बर्तौलाले नेपाललाई जानकारी नदिएर भएको यो सहमतिको विरोध गर्दै यस विषयमा ठोस पहल गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेले लिपुलेकको विषयमा सबै राजनीतिक दल एक ठाउमा आउनुपर्ने बताउदै यस विषयमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै माओवादी केन्द्रका सांसद पूर्ण बहदुर घर्ति, एमाले सांसद ठाकुर गैरेले पनि लिपुलेकको विषयमा भएको सहमतिको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । एमाले सांसद गैरेले भारतले गलत दाबि गरेको भन्दै यो दाबि अत्यन्त डरलाग्दो भएको बताए । उनले नेपालले पेश गरेका प्रमाणले लिपुलेकसहितका भुमी नेपालकै रहेको पुष्टि हुने भन्दै यस विषयमा भारतको ध्यानकर्षण गराउनुपर्ने बताएका छन् । सांसद गैरेले भारतको अभिव्यक्ति र चीनसँगको सहमतिको सबै राजनीतिक दल र सांसदहरुले विरोध गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा