चर्चामा

बागेश्वरी संगीतालयले स्कूल गट टयालेन्ट गर्ने, ५५ हजार पुरस्कार

बागेश्वरी संगीतालयले स्कूल गट टयालेन्ट गर्ने, ५५ हजार पुरस्कार
0 0
Read Time:3 Minute, 22 Second

बुटवल । बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले ‘स्कूल गट टयालेन्ट रुपन्देही’ गर्ने भएको छ । २६ वर्षदेखि सञ्चालित एकेडेमीले कला र संस्कृतिलाई विद्यालय जीवनसँग जोड्ने उद्देश्यसहित नयाँ पुस्ताका विद्यार्थीलाई लक्षित गरी जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो ।

ऐकेडेमीले शनिबार पत्रकार सम्मेलन गरी गायन, बाद्यबादन, नृत्य, अभिनय/नाटक, चित्रकला/पोस्टर डिजाइन र वाचन जुनसुकै कला भएका विद्यालय प्रतियोगितामा भाग लिन सक्ने बताएको हो । ऐकेडमीका सञ्चालक लालिमा श्रेष्ठले बच्चामा कुनै प्रतिभा लुकेको छ भने, यो प्रतियोगितामा देखाउन सक्ने बताइन ।

‘प्रतियोगितामा नो भोट, नो एसएमएस हो’ उनले भनिन, ‘प्रतियोगितामा सहभागीताको लागि १ हजार रुपैयाँ दर्ता शुल्क मात्र राखिएको छ । अन्य कुनै शुल्क लाग्नेछैन ।’

छनौट नभएका विद्यार्थीलाई समेत विभिन्न विधामा निःशुल्क तालिम प्रदान गरिने सञ्चालक श्रेष्ठको भनाइ छ । प्रतियोगितामा विजेता हुने विद्यार्थीले ५५ हजार, उपविजेता हुनेले ३५ हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन ।

प्रतियोगितामा जिल्लाभरका सबैजसो विद्यालयबाट गरी १ हजार ५०० विद्यार्थी सहभागी हुने अपेक्षा ऐकेडेमीको छ । अडिसन यहीँ भदौं तेस्रो हप्ताबाट सुरु गरेर मंसिरमा ग्राण्ड फिनाली हुने कार्यक्रम संयोजक डिबी लोहनीले जानकारी दिए । अडिसन ५ चरणमा गरिने छ । ग्राउण्ड अडिसन, मेघा, थिम, सेमी फाइनल र फाइनल राखिएको छ ।

नृत्य प्रशिक्षक शंकर खड्काले कार्यक्रम केबल प्रतिष्पर्धा मात्र नभई विद्यार्थीहरुको सृजनात्मक प्रतिभा उजागर गर्ने र उनीहरुको भविष्य निर्माणमा योगदान पुर्याउने बताए । मूल्याङ्कनमा प्रस्तुतिकरण, मौलिकता, प्रविधि/कलादक्षता र सृजनशीलतालाई विशेष प्राथामिकता दिइने आयोजकले जनाएको छ ।

पछिल्लो समय विभिन्न प्रतियोगिताहरुको नाममा सहभागीहरुबाट लाखौँ हजारौँ असुली गर्ने तथा प्रतिभाभन्दा बढी आर्थिक पहुँचले प्राथमिकता पाउने गरेको बताउँदै उक्त कुरालाई रोक्न नो भोट, नो एसएमएस राखिएको आयोजकको दाबी छ । बागेश्वरीले आफ्नो थीम गीतको म्युजिक भिडियो समेत शनिबार सार्वजनिक गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %