चर्चामा

रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार डा.लेखजंग थापा

रूपन्देही–३ बाट रास्वपाको उम्मेदवार डा.लेखजंग थापा
1 0
Read Time:1 Minute, 21 Second

बुटवल । आगामी कात्तिक १७ गते हुने रुपन्देही– ३ उपनिर्वाचका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा. लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् ।

सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा प्राइमरी इलेक्सन, लिडरशिप एकेडेमी, पोलिटिकल प्रोग्जोमिटीमा विधिबाट अन्य ८ जनालाईपछि पारेर उम्मेदवार छनोट हुन सफल भएका हुन् ।

उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए । उनीहरुमध्ये थापा रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका हुन् ।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %