राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
- सत्यदीप सन्देश संवाददाता
- भदौ २५, २०८१
- 32 Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को पछिल्ला दुई आर्थिक वर्षका वार्षिक प्रतिवेदन आज पेस गरेका छन् ।
राष्ट्रपति भवन, शीतल निवासमा आयाजित कार्यक्रममा नेपालको संविधानको धारा २६६ को उपधारा ३ बमोजिम राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले परिषद्को आर्थिक वर्षका २०७९/ ०८० र २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रतिवेदनमा समाविष्ट मुख्य विषयबारे प्रकाश पार्दै राष्ट्रिय/क्षेत्रीय (अन्तर्राष्ट्रिय सुरक्षा स्थिति र चुनौतीको विश्लेषण प्रतिवेदनमा गरिएको जानकारी गराए । उनले प्रतिवेदनमाथि सङ्घीय संसद्बाट प्राप्त हुने सुझावलाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहने स्पष्ट गरे ।
कार्यक्रममा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, रक्षामन्त्री मानबीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।
परिषद्को यही भदौ ९ गतेको ३४औँ बैठकले ती प्रतिवेदनको मस्यौदामाथि छलफलसहित पारित गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरेको थियो ।
प्रतिकृया दिनुहोस्
- सर्वाधिक पुरस्कार राशी रहेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको युरोप अडिशन पोर्चुगलमा
- रुपन्देहीको गैडहवामा होमस्टे कार्यक्रमको तयारी, लुम्बिनीसँग जोडेर पर्यटन प्रवर्द्धनमा जोड
- बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने
- पोखरा भ्रमण वर्ष २०२५ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
- शाइन रेसुंगा बैंकले १७ औँ वार्षिकोत्सवको अवसरमा १० के रन प्रतियोगिता गर्ने
- प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं -प्रधानमन्त्री
- प्रदेश खारेज गरि कृषि ,शिक्षा,र स्वास्थ्य मा लगानी गर्नुपर्छ : नेपाली
- चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछ : प्रधानमन्त्री ओली
- राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
- प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
-
राष्ट्रपति पौडेलसँग बेलायती अधिराजकुमारको भेटवार्ता
माघ २२, २०८१ -
प्रधानमन्त्रीबाट एचपिभी खोप अभियान शुभारम्भ
माघ २२, २०८१
लेखकको सम्वन्धमा