चर्चामा

लुम्बिनी प्रदेशका विवादित वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा

लुम्बिनी प्रदेशका विवादित वनमन्त्री बादशाह कुर्मीले दिए राजीनामा
0 0
Read Time:1 Minute, 57 Second

बुटवल । लुम्बिनी प्रदेशका वनमन्त्री बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् । उनले आज मुख्यमन्त्री चेतनारायण समक्ष राजीनामा दिएका हुन् ।

Advertisement

कुर्मीको राजीनामा लिएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेट्न पुगेका छन् । उनको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । ‘उहाँविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दा छ । अहिले अनुसन्धानकै क्रममा छ,’ जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले भने ।

बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको बताइएको छ ।

एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ । ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीले राजनीतिक आडमा संरक्षण पाइरहेका छन् । उनी बाँके क्षेत्र नम्वर ३ झखञ बाट काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %