खुला सीमानाले किराना व्यवसायी मारमा,अवैध व्यापार नियन्त्रण गर्नुपर्नेमा जोड
बुटवल । खुला सीमाका कारण हुदै आएको खुल्ला अबैध व्यापार तथा चोरी निकासीले साना व्यवसायी मारमा परेको खुद्रा किराना व्यवसायीले बताएका छन् । खुला सिमाना, भन्सार तथा दर्ता बिहिन सञ्चालन हाटबजारले किराना विस्थापितको अवस्थामा पुगेको किराना व्यवासयीको गुनासो छ ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीको आइतबार सम्पन्न १८ औं साधारण सभामा बोल्ने वक्ताले हाटबजारमा दर्ता नभएका, ठेला र झोलामा समान बेच्न हिड्नेबाट ब्यवसायी समस्यामा परेको बताए । खुल्ला सिमानाबाट हुने अबैध व्यापार रोकी दर्ताबिहिन ब्यवसायीलाई करको मापदण्डमा ल्याएर नियमित अनुगमन गर्न उनीहरुले स्थानीय सरकारसंग माग गरेका छन् ।
साधारण सभाको एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दे उपभोक्तालाई सर्वसुलभ र गुणस्तरीय बस्तु बिक्रीको दायित्व व्यापारीहरूको रहेको भन्दै दायित्वलाई जिम्मेवारी पूर्वक लिनुपर्ने बताए ।
खुल्ला सीमानाले खुद्रा किराना व्यवसायी प्रत्यक्ष मारमा परेको बताउंदै किराना ब्यवसायीका समस्या समाधान गर्न बुटवल उपमहानगर व्यवसायीको साथमा रहेको बताए । बुटवल उपमहानगरले साना ब्यवसायीलाई बचाउने गरी काम गरिरहेको बताउदै उनले भने – बुटवलमा नियमित अनुगमन भैरहेको छ, बुटवल उपमहानगरपालिका सबै व्यवसायीको साथमा छ । उनले खुल्ला सिमानाका कारण व्यापारीहरूलाई पर्ने गरेको असर बारे आफू जानकार रहेको भन्दै उपभोक्ता स्वयमलाई यस बारे चेतना जगाउनु पर्ने बताए ।
संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले खुल्ला सीमा नाकाबाट हुने अवैध व्यापारले नेपाली व्यापारीहरू धराशायी भएको बताए । उनले राज्यको झन्झटिलो कर नीति, अवैज्ञानिक घर भाडा वृद्धि, बिचौलियाको नियन्त्रण नहुनुले पनि खुद्रा किराना व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आउन थालेको बताए । घुमन्ते व्यापारी, विद्युतीय व्यापार तथा हाटबजार जस्ता कारण खुद्रा किरानाको व्यापार घटेको भन्दै यसले व्यापारी व्यवसायमा वितृष्णा जाग्ने गरेको बताए । साथै उनले सिमानाबाट हुने अवैध व्यापार चोरी निकास कम गर्न भन्सार, राजश्व कार्यालय सँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा कोषाध्यक्ष टिकाराम शर्माले आयव्यय प्रस्तुत गरे ।
उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जि.सी., रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पराजुली,बुटवल उद्योग वाणिज्य संघका कोषाध्यक्ष वसन्त ढकाल ,रुपन्देही व्यापार संघका अध्यक्ष विष्णु ढकाल,घर भाडा सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति कृष्ण प्रसाद भटराई यस्तै संघका संस्थापन अध्यक्ष टिकाराम गैरे,निवर्तमान अध्यक्ष मोहन बस्याल पूर्व अध्यक्षहरू केशव कँवर, ज्ञान प्रसाद न्यौपाने,सल्लाहकार कृष्णप्रसाद पाण्डेय लगायतले लगायतले बोलेका थिए ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद न्यौपानेको स्वागत तथा महासचिव दधिराम ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
लेखकको सम्वन्धमा