पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित

पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
1 0
Read Time:2 Minute, 29 Second

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनबाट गोकर्ण कार्की निर्वाचित भएका छन् । उनले अध्यक्षका प्रत्यासी अर्जुन पोखरेललाई पराजित गरेका हुन् । संघका पूर्व महासचिव पोखरेल ३४ औं महाधिवेशनमा समेत अध्यक्षका प्रत्यासी थिए ।

Advertisement

शनिबार भएको मतगणनाको आइतबार साँझ सम्पन्न अन्तिम मतपरिाणममा कार्कीले ४५८ मतअन्तरले पराजित गरे । मतदान प्रक्रियामा कुल २२५१ मत खसेकोमा कार्कीले १३३९ र पोखरेलले ८८१ मत प्राप्त गरेका हुन् ।

पदाधिकारीका अन्य पद निर्विरोध भए पनि अध्यक्ष र उपमहासचिवमा मतदान भएको हो ।

उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका सुदीप प्रधानाङ्ग निर्वाचित भएका छन् । उनले पोखरेल प्यानलका बालकृष्ण कोइरालाई हराएका हुन् ।

विजयी प्रधानाङ्गले ११ सय ७७ मत पाउँदा कोइरालाले १ हजार ४७ मत ल्याए ।

यसैगरी, खुला १० सदस्यमा पोखरेल प्यानलबाट ८ जना निर्वाचित हुन सके । पोखरेल प्यानलका प्रेमप्रसाद सुवेदी (१२८५) र लेखनाथ सुवेदी (१२८६) सदस्यमा पराजित भएका हुन् ।

उनको प्यानलबाट देवेन्द्र प्रजू १५१६, ललितबहादुर कुँवर १५३९, सौगात थापा १४९४, दूधमान गुरुङ (आशीष) १४६८, भीम गौतम १४३९, टीकाराम सुवेदी (माधव) १३९४, जीवनप्रकाश श्रेष्ठ १३८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) १३७५ निर्वाचित भए ।

स्वतन्त्र उम्मेदवारी दिएका प्रदीपराज भण्डारी १३७० र यादवप्रसाद पोखरेल १३०० समेत निर्वाचित भए ।
यसअघि, वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्विरोध भएका थिए । उनीहरु सबै पोखरेल प्यानलका हुन

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %