जिबी राईका टेलिभिजन पार्टनर छविलाल जोशी काठमाडौंबाट पक्राउ
Read Time:1 Minute, 15 Second
काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । संसदीय छानविन समितिले जोशीलाई पनि दोषी औल्याउँदै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।
जोशी सहकारीको करोडौं रुपैयाँ लगेर दुरुपयोग गरेको गोर्खा मिडिया नेटवर्क प्रालिको पूर्व सञ्चालक हुन् । कास्की प्रहरीको पत्रका आधारमा अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ ।
संसदीय छानविन समितिले गोर्खा मिडियाका सञ्चालकहरु जिबी राई रवि लामिछाने कुमार रम्तेल र छविलाल जोशीले सहकारीको रकम अपचलन गरेका छन् भन्दै प्रचलित कानुन अनुसार कारवाही गर्न सिफारिस गरेको थियो ।
सो प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्री रमेश लेखकले आदेश दिए लगत्तै जोशी पक्राउ परेका छन् ।
लेखकको सम्वन्धमा