चर्चामा

न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेटवार्ता

न्युयोर्कमा ओली–मोदी द्विपक्षीय भेटवार्ता
0 0
Read Time:1 Minute, 24 Second

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन पुगेका बेला उनीहरुबीच भेटवार्ता भएको हो ।

भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकपछि प्रधानमन्त्री ओलीले भेटवार्ता उपलब्धिमूलक भएको बताए । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राई थिए ।

भारतको तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस‍ जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
100 %
Surprise
Surprise
0 %