चर्चामा

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाए सर्बदलीय बैठक
0 0
Read Time:1 Minute, 37 Second

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी रहेको बताउदै उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको उल्लेख गरेका छन् । साथै उनले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेको जानकारी दिदै उत्पन्न विषम परिस्थितिमा संयम रहन आग्रह गरेका छन् ।

उनले भनेका छन् :- हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो । उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संबद्ध पक्षसँग संवादमा रहेको छ । त्यसैको लागि आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु । सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई यो विषम परिपिस्थतिमा संयम रहन विनम्र अनुरोध गर्दछु ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %