धमाधम पार्टी छाडेको घोषणा गर्दै नेताहरू
बुटवल । जेनजी आन्दोलन चलिरहेका बेला राजनीतिक दल त्यागेको घोषणा गर्नेहरूको लर्को लागेको छ ।
एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे र उनकी पत्नी विमला घिमिरेले पार्टी त्यागेको घोषणा गरेका छन् ।
जेनजी आन्दोलनमा सरकारले गरेको दमन निन्दनीय भएको बताउँदै उनीहरूले दल त्यागेको घोषणा गरेका हुन् ।
बेलबारी नगरपालिकाका पूर्वप्रमुख एवं अहिले कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदीले पनि एमाले छाडेको घोषणा गरेका छन् ।
यस्तै मोरङको बेलबारी नगरपालिकाका मेयर डिपी राईले पदबाट राजीनामा घोषणा गरेका छन् । उनले एमाले पार्टी र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
यस्तै बाणगंगा नगरपालिका-८, कपिलवस्तुका राजु अधिकारीले वडा कार्यसमिति कांग्रेस सचिव पदबाट राजीनामा घोषणा गरेका छन् । नेपाल सरकारले गरेको दमनका कारण कलिला युवाहरूले अकालमा ज्यान गुमाउन परेको घटना प्रति घोर भर्त्सना र निन्दा गर्दै पाटी त्याग गरेको घोषणा गरेका हुन् ।
कांग्रेसबाट बेलबारी नगरपालिकाकी उपप्रमुख निर्वाचित नितु थापा कोइरालाले पनि पार्टी र उपमेयर पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् ।
अहिलेसम्म दर्जनौं वडाध्यक्षहरू, पार्टी कार्यकर्ताहरूले सामाजिक सन्जालबाट पार्टी छाडेको घोषणा गरिरहेका छन् ।


लेखकको सम्वन्धमा