प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित
- सत्यदीप सन्देश संवाददाता
- भदौ १६, २०८३
- 41 Shares
बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीको सभापतिमा कल्पना तिवारी निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन रुपन्देहीको २२ औँ साधारणसभा तथा १० औँ अधिवेशनबाट तिवारी सभापतिमा निर्वाचित भएकी हुन् ।
मंगलबार भएको मतदानमा तिवारीले ५५ मत प्राप्त गर्दा सभापतिका अर्का प्रत्याशी दीपक घिमिरेले ४४ मत प्राप्त गरे ।
यस्तै, सचिवमा राम भण्डारी निर्वाचित भएका छन् । सचिव पदका अर्का प्रत्याशी प्रदीप आचार्यलाई एक मतको अन्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । भण्डारीले ५० मत प्राप्त गर्दा आचार्यले ४९ मत पाए ।
उपाध्यक्षमा रमेश अर्याल (खुला), सीता गौतम बराल (महिला) र तिलक सुवेदी (समावेशी) सर्वसम्मत चयन भएका छन् ।
यस्तै, कोषाध्यक्षमा कल्पना शर्मा तथा सहसचिवमा बसन्तराज बराल र सृष्टि अधिकारी भुसाल चयन भएका छन् । कार्यसमिति सदस्यमा सन्तकुमार श्रेष्ठ र नवीन राना निर्विरोध निर्वाचित भएका छन् ।
सभापति र सचिवबाहेक अन्य पदमा सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक जीवनारायण अधिकारीले जानकारी दिए ।
अधिवेशनले नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको छ ।
नवनिर्वाचित नेतृत्वले पत्रकारको व्यावसायिक हकहित, पत्रकारिता क्षेत्रको मर्यादा र संगठनको सुदृढीकरणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
प्रतिकृया दिनुहोस्
- अहिलेको सरकार पञ्चायतकालको सरकारभन्दा उल्टो बाटोमा : सभापति लम्साल
- भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
- जुत्ता–चप्पल उत्पादक संघ लुम्बिनी प्रदेशले भोटेकोशी बाढीपीडितलाई ३० लाखको बराबरको सामग्री दिने
- भोटेकोशी बाढी : जलविद्युत आयोजनाका ५३७ कर्मचारी र श्रमिक अझै सम्पर्कविहीन
- रसुवा बाढी : ५३८ जनाको शव फेला, ३ हजार ७४२ जनाको उद्धार
- तिब्बततर्फ ड्याम फुटेको सूचना, तटीय क्षेत्रमा सुरक्षित रहन अनुरोध
- भोटेकोसी बाढीले ४१ पुलमा क्षति, रसुवामा ४० किलोमिटर सडक पूर्ण क्षतिग्रस्त
- भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार
- रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
- पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय
-
रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा क्षेत्रमा ३८४ पर्यटक सम्पर्कविहीन
भदौ १०, २०८३ -
रसुवा बाढी अपडेट : १६२ जनाको शव फेला
भदौ ११, २०८३

लेखकको सम्वन्धमा