भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री
- सत्यदीप सन्देश संवाददाता
- भदौ २२, २०८३
- 33 Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज तथा उद्धारको कार्य जारी रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्।
विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं ।’
उनले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिररहेको उल्लेख गरेका छन्। ‘त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरूबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
अझै पनि खोज तथा उद्धारको कार्य जारी रहेको उनले बताएका छन्। ‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवतावादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।’
प्रतिकृया दिनुहोस्
- कांग्रेसको १५ औं महाधिवेशनका लागि भृकुटीमण्डपमा हल, बगैंचा र पार्किङ स्थल बुकिङ
- जेनजी आन्दोलनको एक वर्ष : सत्ता बदलियो, बदलिएन जनताको सास्ती
- आज ‘जेनजी’ सहिद दिवस : सार्वजनिक बिदा
- पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतम निर्वाचित, ७२ वर्षपछि महिला नेतृत्व
- नेप्से १८.०७ अंकले बढ्यो, ३ अर्ब ८३ करोडको कारोबार
- बुटवल उ.वा.संघको साधारण सभा तथा अधिवेशन: तयारीका लागि जिम्मेवारी प्रदान
- भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन
- कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
- रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै
- प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन
-
कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै
भदौ २१, २०८३ -
भोटेकोशी बाढी : ७५२ जनाको शव फेला, २५०२ सम्पर्कविहिन
भदौ १४, २०८३

लेखकको सम्वन्धमा