भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री
- सत्यदीप सन्देश संवाददाता
- भदौ २२, २०८३
- 73 Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज तथा उद्धारको कार्य जारी रहेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्।
विभिन्न जलविद्युत् आयोजनामा सम्पर्कविहीन भइरहेका मानिसको खोजीका लागि भइरहेको प्रयासबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘बाढीका कारण प्रभावित विद्युत् आयोजना क्षेत्रबाट धेरै मानिसहरू सम्पर्कविहीन हुनुभएको थियो। त्यसैले हामीले यस क्षेत्रमा तदारुकताका साथ खोज तथा उद्धारको प्रयास जारी राखेका छौं ।’
उनले खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त टोली जोखिमपूर्ण स्थितिमा पनि निरन्तर खटिररहेको उल्लेख गरेका छन्। ‘त्यति मात्रै होइन, हाम्रो यो खोजलाई सघाउन मित्र राष्ट्रहरूबाट समेत विशेषज्ञ टोली आइरहनुभएको छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
अझै पनि खोज तथा उद्धारको कार्य जारी रहेको उनले बताएका छन्। ‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राखेका छैनौं। हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ,’ प्रधानमन्त्री शाहले लेखेका छन्, ‘हामीले खोज तथा उद्धार कार्यमा नेपालीको मानवतावादी स्वाभावलाई व्यवहारमा उतारिरहेका छौं।’
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा