दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- अशोज २०, २०८१
- 392 Shares
फाइल तस्बिर
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
“बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उनले भने ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १ सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।
प्रतिकृया दिनुहोस्
- टंक प्रसाद गैरेको प्यानलद्वारा उम्मेदवारी घोषणा ,१० बुँदे प्रतिबद्धता सार्वजनिक
- पौडेल नेतृत्वको प्यानलले घोषणा गर्यो उमेदवारी, २० बुँदे प्रतिबद्धता सार्वजनिक
- दशैंको टीकाको साइत बिहान १०:२६ बजे
- नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छ : गगन थापा
- कांग्रेसले निष्ठाको राजनीति गरेको भए म पनि कांग्रेस हुन्थेँ होला : रवि लामिछाने
- देशको नेतृत्व गगन थापाले गर्ने बेला आयो : प्रचण्ड
- संविधान संशोधन संसद्को गणित मात्रै होइन, राष्ट्रिय अपनत्वको विषय बन्नुपर्छ : विश्वप्रकाश
- राजनीतिक दलहरूले साझा राष्ट्रिय विकास योजना तयार गर्नुपर्छ : बाबुराम भट्टराई
- कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
- कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, काठमाडौंको खुलामञ्चमा उद्घाटन समारोह
-
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज
अशोज १५, २०८३ -
तिनाउ नदीमा शव फेला
अशोज १६, २०८३ -
कांग्रेस महाधिवेशन उद्घाटन सत्र शुरु
अशोज १८, २०८३ -
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३

लेखकको सम्वन्धमा