दसैंको मुखैमा बाढी पहिरोमा परी २ सय ४४ जनाको मृत्यु
- सत्यदीप सन्देश संवाददाता
- अशोज २०, २०८१
- 349 Shares
फाइल तस्बिर
काठमाडौं । हालैको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।
“बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उनले भने ।
सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १ सय ६० परिवारले पाइसकेका छन् ।
बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताए ।
प्रतिकृया दिनुहोस्
- पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
- जेहेन्दार तथा बिपन्न बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण
- एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
- सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
- रविलाई विश्वप्रकाशको प्रश्न- के तपाइँ प्रधानमन्त्रीको समन्वयमा हुनुहुन्छ ?
- नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति हुनुपर्ने काँग्रेसको माग
- सुकुम्बासी आन्दोलन थप चर्किँदै : बुटवलमा बृहत प्रदर्शनसहित राष्ट्रिय सम्मेलनको तयारी
- हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
- एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
- आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
-
पोखरामा पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
जेष्ठ २, २०८३ -
आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
बैशाख २८, २०८३ -
एसईई परीक्षाफल सार्वजनिक, झण्डै ६६ प्रतिशत ग्रेडेड
बैशाख २८, २०८३ -
सरकारले मन्त्रालयको संख्या घटाएर १८ बनायो
बैशाख ३०, २०८३ -
हर्क साम्पाङ भन्छन्: देशमा प्रधानमन्त्री छैनन् !
बैशाख ३०, २०८३ -
एसईई नतिजा : रूपन्देहीमा ८० जनाले ल्याए ४ जीपीए,कस्को कति ?
बैशाख ३०, २०८३

लेखकको सम्वन्धमा