रविसँग सोधपुछ, छविलाई बुटवल ल्याइयो
पोखरा । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ थालेको छ । मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने नलिइएको कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बताइन् ।
गत शुक्रबार काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । उनलाई म्याद थपका लागि आइतबार अदालत लगिएको थियो । जिल्ला अदालतले उनलाई ६ दिन म्याद थपेको थियो । पक्राउ भएदेखि नै म्याद सुरु हुने भएकाले उनलाई बुधबार अदालत पेस गरिने छ ।
यसैबीच सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छबिलाल जोशीलाई बयानका लागि रुपन्देही ल्याइएको छ । जोशी रवि लामिछानेका व्यावसायिक साझेदार हुन् । गोर्खा मिडिया प्रालिमा उनीहरुको लगानी थियो ।
लेखकको सम्वन्धमा