तमु हयुल छोज धी गुरुङ राष्टिय परिषद बुटवलको २६ औ वार्षिक साधारण सभा सम्पन्न

तमु हयुल छोज धी गुरुङ राष्टिय परिषद बुटवलको २६ औ वार्षिक साधारण सभा सम्पन्न
0 0
Read Time:3 Minute, 59 Second

मनु गुरुङ

बुटवल । तमु हयुल छोज धी गुरुङ राष्टिय परिषद बुटवल उपमहानगर समितिको २६ औ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन भएको छ । गुरुङ जातीको भेषभुषा भाषाको पहिचान गराउन सबै गुरुङ एक हुनुपर्ने कुरालाई जोड दिएका थिए ।

सभामा बोल्दै रुपन्देही जिल्ला तमु छोज धी अध्यक्ष बिमला गुरुङले जातीको पहिचान गराउन सबै एकजुट हुनपर्ने बताईन । पछिल्लो समय लुम्बिनी प्रदेशमा गुरुङ भाषालाई लिपीवद्ध बनाउन सफल भएको बताईन् ।

जिल्ला अध्यक्ष गुरुङले रुपन्देही जिल्लामा गुरुङहरुको सहभागिता राम्रो रहेको भन्दै बुटवल नगर परिषदले समय समयमा बिभिन्न तालिम तथा कार्यक्रमहरु गरेर समाजलाई बलियो बनाएको बताईन उपाध्यक्ष बिर प्रसाद गुरुङ्ले स्वागत मन्तब्य राखेका थिए बसन्ती गुरुङले आर्थिक प्रतिबेदन पेश गरेका थिए मिस गुरुङ फस्ट रनरअप सम्झना गुरुङ लगाएतले आफ्ना भनाइ राखेका थिए ।

निवर्तमान बुटवल नगर अध्यक्ष शेरबहादुर गुरुङले संस्था बलिययो हुदा समाजमा पहिचान गराउन सजिलो हुने बताए । गुरुङहरुको सस्था भनेको तमुछोज धी रहेकाले यसलाई सबैको साझा बनाएर लैजानुपर्ने भन्दै सस्थाले हरेक सदस्यको सुख दुखमा काम लाग्नेगरी काम गर्नु जरुरी रहेको र बुटवल उपमहानगर समितीले गुरुङ जातीलाई माथि ल्याउन बिभिन्न सिपमूलक तालिम दिएर स्वरोजगार बनाउन सहयोग गरेको बताए । नगरले समयम समयमा हुने कार्यक्रमहरुले कम गर्न अझै थप उर्जा मिलेको बताए ।

नगर अध्यक्ष बुद्दी प्रसाद गुरुङले समिती गठन भएको एक बर्षमा धेरै कामहरु गर्न सफल भएको बताए । बुटबल भित्र रहेका हरेक सदस्यका सुख दुखमा हातेमालो गर्दै आएको भन्दै नगर अध्यक्ष गुरुङले बुटवल उपमहानगरपालिकाले राखेको बडा पत्रमा गुरुङ भाषाको पनि वडापत्र राखिदिन आग्रह गरे ।

तमु युवा परिषद लुम्बिनी प्रदेशका अध्यक्ष अर्जुन तमु, उपाध्यक्ष सुदिप बहादुर तमु, नगर बरिष्ठ उपाध्यक्ष उमा गुरुङ, दिपनगर इकाइ अध्यक्ष रस बहादुर गुरुङ्ग, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपमहानगर समिति का सचिब सुन्दर गुरुङ, जातीको पहिचान बचाई राख्न गुरुङ जातीको जन्म संस्कार विवाह संस्कार र मृत्यु संस्कार सिकाउनु जरुरी रहेको बताए । आफ्ना आन्तरिक कार्यक्रममा आफ्नै भाषा प्रयोग गर्ने गरी तैयारी थाल्नुपर्ने उनीहरुको भनाई थियो कार्यक्रम संचालन उमा गुरुङ ले गरेका थिए ।

 

बिभिन्न समयमा गुरुङ भाषा धर्म लिपी बनाउन योगदान गरेको भन्दै २ जनालाई सम्मान समेत गरिएको थियो । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद उपमहानगर समिति द्वारा क्होंइबो धीं निर्माणको लागी रु ५० ,०००( पचास हजार) सहयोग गरेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %