चर्चामा

एमाले पोखरा ७ को शुभकामना

एमाले पोखरा ७ को शुभकामना
0 0
Read Time:2 Minute, 41 Second
पोखरा । एमाले पोखरा ७ ले चाडपर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पोखरा ७ स्थित झपेन्द्र स्मृति पार्कमा भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले नेपालका मौलिक चाडपर्वले हाम्रो समाजको स्वरुप सृजना गरेको बताए । उनले चाडपर्व कुनै धर्म जाति विशेष नभइ सबै नेपालीको साझा पर्व रहेको बताए ।

एमाले प्रदेश कमिटी सदस्य नवराज शर्माले नेतृत्व गर्नेहरुले अब आवरण होइन, आचरण अनि भाषण होइन शासन सुधार्न जरुरी रहेको बताए ।

एमाले कास्की अध्यक्ष वैनबहादुर अधिकारी क्षत्रीले पछिल्लो समय केही पनि भएको छैन भन्ने भाष्य निमाण गर्न खोजिएको भन्दै सहिदको त्याग र आन्दोलनबाट प्राप्त उपलब्धिले थुपै्र विकास निमार्णका काम भएको तर सुशासनको पाटोलाई भने लोकतन्त्रले छुन नसकेकोले यसलाई सुधारेर अगाडि बढ्नुपर्ने बताए ।

एमाले पोखरा महानगर अध्यक्ष जीवन आचार्यले पोखरेलीको अर्बौ पैसा डुबेको अवस्थामा कानूनलाई भीडबाट नियन्त्रणमा लिने गलत काम भएको बताए ।

कांग्रेस पोखरा ७ का सभापति नवीनराज बरालले हाल व्याप्त आर्थिक घोटालाले देशलाई उधोगतिमा धकेलेको बताउँदै देशको ढुकुटीलाई मजबुत बनाउन स्थानीय तहबाटै सुधार हुँदै जानुपर्ने बताए ।

पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले पोखरालाई समृद्घ बनाउन सबै सामाजिक संस्था तथा राजनीतिक पार्टीको ठूलो भूमिका हुने बताए । समाजसेवी डण्डराज शर्माले चाडपर्वले आपसी एकतालाई मजबुत बनाउन सकोस भन्ने शुभकामना दिए ।

कार्यक्रममा वडाका विभिन्न दलका नेता, सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधि, समाजसेवी एवं बुद्धिजीवीको उपस्थिति थियो ।

एमाले पोखरा ७ का अध्यक्ष किशोर बरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दीपक कार्कीले गरेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %