चर्चामा

रवि र छविबिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

रवि र छविबिरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी
0 0
Read Time:1 Minute, 14 Second

पोखरा । काठमाडौँस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी आरोपमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछाने र जोशीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीवी राई हुन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

लामिछाने र जोशीलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भई बयानसमेत भइसकेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %