चर्चामा

जेनजी आन्दोलनका घाइतेलाई सरकारको थप १५ हजार

जेनजी आन्दोलनका घाइतेलाई सरकारको थप १५ हजार
0 0
Read Time:2 Minute, 34 Second

पोखरा । सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घाइतेहरूलाई थप आर्थिक सहायता प्रदान गर्ने भएको छ । फलोअप उपचारमा आर्थिक समस्या भएको गुनासो आएपछि सरकारले प्रतिव्यक्ति थप १५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यसअघि घाइतेहरूलाई जनही २० हजार रुपैयाँ राहत दिइएको थियो । कुल २ हजार ४२९ जना घाइतेले यो थप सहायता पाउनेछन् ।

अन्य महत्त्वपूर्ण निर्णयहरू :-

अन्तर्राष्ट्रिय सहायता स्वीकारस् प्रदेश तथा स्थानीय सरकार शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारले प्रदान गर्ने करिव ५ मिलियन अमेरिकी डलर र स्वीस सरकारले प्रदान गर्ने २.१ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय ।
नेप्से पुनर्संरचना समितिस् नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को पुनर्संरचना गर्न आवश्यक अध्ययन गरी सुझाव पेश गर्न प्रकाशजंग केसीको संयोजकत्वमा ‘नेप्से पुनर्संरचना सुझाव समिति–२०८२’ गठन ।
नेपाल विशेष सेवा ऐन संशोधनस् नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय ।
माथिल्लो मुस्ताङ पदयात्रा शुल्कस् माथिल्लो मुस्ताङ क्षेत्रमा विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति प्रतिदिन ५० अमेरिकी डलर कायम गर्ने । यसका लागि अध्यागमन नियमावली, २०५१ को अनुसूची–१२ मा हेरफेर गरिनेछ ।
शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रमा नियुक्तिस् डा। कल्पना कुमारी श्रेष्ठलाई शहीद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %