चर्चामा

संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली

संविधानविपरीत बनेको सरकारले तत्काल राजीनामा दिनुपर्छ : ओली
0 0
Read Time:1 Minute, 58 Second

बाराका एसपी हेटक्वाटर तानेकोमा जनाए आपत्ति

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधानले उचित ठहर गर्न नसक्ने दाबी गरेका छन् ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी सभामा बोल्दै उनले वर्तमान सरकार हिंसा र तोडफोडको परिणामस्वरूप बनेको आरोप लगाए ।

 

ओलीले सरकारको संवैधानिक परीक्षण आवश्यक रहेको उल्लेख गर्दै भने, “संविधानले यो सरकारलाई मान्यता दिन सक्दैन । कानुन र कोटका आधारमा यसको उचित ठहरिने ठाउँ नै छैन ।” उनले लोकतान्त्रिक विधि र प्रक्रियाको पालना नगरी सरकार निर्माण गरिएको दाबी गरे ।

 

संविधानविपरीत गठन भएको भन्दै उनले तत्काल राजीनामाको माग राखे । साथै, राष्ट्रपतिलाई उदृध गर्दै भने, “राष्ट्रपतिज्यू, जेनजीको माग भन्दै यो सरकार नियुक्त गर्नुभयो, अब त्यसैको आधारमा यो सरकार हटाउनुहोस् ।”

ओलीले बाराका एसपी सन्तोष तामाङलाई हेडक्वार्टर तानिएको निर्णयप्रति पनि कडा आपत्ति जनाए । बारामा जेनजी युवा र एमाले कार्यकर्ताबीच भएको झडपपछि मात्र तामाङलाई जिम्मेवारीबाट हटाइएको थियो ।

यसबारे प्रश्न उठाउँदै ओलीले भने, “के अब प्रहरी पनि जेनजीकै पक्षधर भएर प्रस्तुत हुनुपर्ने हो रु” सरकारको यस्तो कार्यप्रति उनले ‘तमासा’ शब्द प्रयोग गर्दै आलोचना गरे ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %