चर्चामा

रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न

रोटरी तिनाउमा सार्वजनिक भाषण कला प्रशिक्षण सम्पन्न
0 0
Read Time:3 Minute, 9 Second

बुटवल । रोटरी क्लब अफ तिनाउ बुटवलमा आवद्ध भएका सदस्यहरुको क्षमता विकास गर्ने उद्देश्यले क्लबले सार्बजनिक भाषण कला प्रशिक्षण कार्यक्रम सम्पन्न गरको छ ।

क्लबको शनिवार आयोजित ३ सय ७३ औं नियमित बैठकमा उपस्थित सदस्यहरुका बिचमा १ दिने सार्बजनिक भाषण कला प्रशिक्षण सम्पन्न गरेको हो ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा ऐक्यवद्धता जनाउँदै क्लबका सदस्यहरुमा ब्यक्तित्व र नेतृत्व विकासमा निखारता ल्याउने उदेश्यले क्बलको बार्षिक कार्यतालिका अनुसार कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष रमिला शर्माले बताउनुभयो ।

क्लबका पुर्ब अध्यक्ष तथा प्रशिक्षक ज्ञानधरा पन्थले यो संसार मिठो र कलात्मक तरिकाले बाल्नेहरूको पक्षमा रहेको बताउँदै तालिमले भाषण गर्ने महिलाहरूको वाक क्षमता वृद्धि गर्ने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

पन्थले बोल्ने सिपको विकास गर्नसके जुनसुकै क्षेत्रमा अगाडी बढ्न सकिने बताउनुभयो । सार्वजनिक भाषणकला भनेको सार्वजनिक ठाँउमा बोल्ने एउटा कला, आफ्नो विचार र दृष्टिकोण समर्थन गर्न निर्धक्क भई बोल्ने एक व्यवस्थित तरिका विचार र दृष्टिकोण भएको प्रशिक्षक पन्थले बताउनु भयो। तालिमको थप प्रभावकारीताका लागि कार्यक्रममा नाचगान, योगाभ्यास, ध्यान समेत जोडिएको थियो ।

कार्यक्रम अध्यक्ष रमिला शर्माको अध्यक्षता, प्रेसिडेन्ट इलेक्ट उमा आचार्यको स्वागत, प्रेसिडेन्ट नोमिनी माया भट्टराईको धन्यवाद र क्लवका सचिव सपना कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बैठक सचेतक विनीता खनाल, पुर्व अध्यक्ष प्रतिमा भट्टराई, निवर्तमान अध्यक्ष अमृता भुसालले अझैपनि निर्धक्क भएर आफ्ना विचार ब्यक्त गर्न कठिनाई हुने गरेकाले यस्ता कार्यक्रमले थप प्रभावकारिता बढ्ने बताउनुभयो ।

क्लबले लैंगिक हिंसा बिरुद्धको अभियानमा मात्रै नभएर अन्य समयमा पनि यस्ता कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताउनु भयो ।

रोटरी तिनाउले किशोरी सिपविकास कार्यक्रम,बिभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण कार्यक्रम संगै स्वास्थ्यका सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पनि गर्दै आएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %