कालिकाको ६४ औ वार्षिकोत्सव, विविध रचनात्मक कार्यक्रम हुदै

बुटवल । कालिका मानव ज्ञान माबिको ६४ औं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विविध रचनात्मक कार्यक्रमको तयारी गरिएको छ । राष्ट्रकै सर्वोत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाएको विद्यालयमा पुस २ गते देखि ७ गतेसम्म गरिने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।
‘खेलकुद कुम्भका रुपमा चिनिएको जिल्लास्तरीय कालिका रनिङ्गशिल्ड कपको चौथौ संस्करण हुने छ ।’उनले भने । यसका साथै प्रर्दशनी, सास्कृतिक र साहित्यक कार्यक्रमहरु समेत आयोजना हुने उनले बताए । यस वर्ष ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने उनले बताए । सेक्टर-१ कालिकानगरमा प्रदेशका पुर्व मुख्यमन्त्री तथा सांसद लिला गिरीबाट पुस २ गते बार्षिक उत्सव तथा अभिावक दिवस तथा जिल्ला स्तरिय खेलकुद प्रतियोगिताको शुभारम्भ गरिने छ । सोही दिन ६ हजार विद्यार्थीसहितको पिटी प्रर्दशन, खेलाडीहरुको झाक्री प्रर्दशनी, मार्चपास समेत रहने उनले बताए । पुस २ गते देखि ५ गतेसम्म जिल्ला स्तरिय छात्ररछात्रा भलिवल प्रतियोगिता, कबड्डी प्रतियोगिता, एथ्लेटिक्स प्रतियोगिता अन्तरगत छात्ररछात्रा १००, २००, ४००, ८००, १५०० मिटर दौड, ४ बाई ४००, ४ बाई १०० छात्ररछात्रा रिले दौड प्रतियोगिता हुने छ । भलिबल, कबड्डी, एथलेटिक्सका बिजेता टिमलाई नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिनेछ । खेलहरु विद्यालयको सेक्टर (१ कालिकानगर र सेक्टर २ रामनगरमा सञ्चालन गरिनेछ । पुस ४ गते शेर बहादुर गुरुङ्ग जिल्ला स्तरीय कविता प्रतियोगिता ९सेक्टर १ कालिकानगर० मा आयोजना हुने छन् । पुष ४ गते कालिका गायन तारा प्रतियोगिता “मन्दिरा गलामी स्मृती कालिका गायन तारा २०८१”(सेक्टर १ कालिकानगर) आयोजना गरिने छ ।
लुम्बिनी प्रदेश सभामुख माननीय तुलाराम घर्ती मगरको मुख्य आतिथ्यतामा पुष ६ गते स्व.अरुण पौडेल स्मृती ५००० मीटर दौड प्रतियोगिता, (सेक्टर १ कालिकानगर विविध छात्रबृत्ति अक्षयकोष वितरण (सेक्टर २ रामनगर) मा आयोजना गरिने भएको छ । यस्तै पुस पुष ७ गते विज्ञान, प्रविधि तथा पुस्तक प्रदर्शनी, मूल समारोह (सेक्टर १ कालिकानगर) मा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख अतिथ्यतामा कार्यक्रम आयोजना गर्न लागिएको हो । कालिका मानवज्ञान मावि वि.स. २०६७ सालदेखि नगर स्तरिय र २०७८ सालदेखि जिल्ला स्तरिय खेल प्रतियोगिता शुरु गरेको इतिहास छ ।
यस विद्यालयले प्राज्ञिक तथा शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा समेत महत्वपूर्ण उपलब्धि हासिल गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदकहरु जिती राष्ट्रको गरिमा उँचो गराउने अब्बल खेलाडीहरु समेत उत्पादन गर्न सफल भएको छ । यहाँ उत्पादिन खेलाडीहरुले “बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता” मा विभिन्न विधामा पदक जितेका छन । कबड्डीमा राहुल अर्याल र दिपेश यादवले स्वर्ण पदक प्राप्त गर्न सफल भएका थिए । यसै गरी गण्डकी प्रदेशमा सञ्चालित “नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता” मा यस विद्यालयका सलिम देवानले एथलेटिक्सको लङ्जम्पतर्फ आफनो नाममा नयाँ रेकर्ड बनाउँदै स्वर्ण पदक प्राप्त गरेका थिए ।
कबड्डी छात्रतर्फ सतिस कुर्मी, राहुल अर्याल, अमित राजभार, मुवारक मियाले स्वर्ण पदक प्राप्त गरेको थिए । कबड्डी छात्रातर्फ आर्जु क्षेत्री र सुजाता बुढाथोकीले सहभागिता जनाएका थिए । यस्तै आईटिएफ तेक्वान्डोतर्फ यसै विद्यालयकी रुपा बुढाथोकीले रजत पदक प्राप्त गर्न सफल भएकी थिइन । नवौँ राष्ट्रिय खेलकुदमा यस विद्यालयका १२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
जिल्लाभरिका विद्यालयहरुबिच सकारात्मक र मित्रवत् प्रतिस्पर्धाको लागि शिक्षासँगै खेलकुदको माध्यमबाट पनि प्रतिभा पहिचान र समग्र राष्ट्रको गरिमा बढाउनको लागि कार्यक्रमहरुको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले बताए । विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने छात्रछात्राहरुलाई यो वर्ष करीब १० लाख रुपैया बराबरको छात्रवृत्ति वितरण गरेको उनले बताए । सबैको साथ र सहयोगबाट कालिका देशमै सर्वोच्च स्थान प्राप्त गर्न सफल भएको उनले बताए ।
लेखकको सम्वन्धमा