कान्ति मा.वि.ले मनायो ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस

बुटवल । कान्ति माध्यमिक विद्यालय बुटवलको ७१औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कान्ति मा वि का संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बुटवल उपमहानगर पालिका नगरप्रमुख खेलराज पाण्डेको प्रमुख आतित्थता रहेको थियो ।
कार्यक्रममा आफ्नो मनतव्य राख्दै मेयर पाण्डेले बुटवल मुलुककाे शैक्षिक केन्द्र भएकोले यहाँका हरेक शैक्षिक सस्थाहरुले कान्ति मा वि काे सफलताबाट प्रेरणा लिएर आफ्ना शैक्षिक याेजना बनाउन सुझाव दिए ।
कार्यक्रमका विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले कान्ति मा विकाे शैक्षिक सफलताले बुटवलको सफलतामा महत्त्वपूर्ण ईटा थपेकाेले आगामी दिनहरुमा प्राविधिक शिक्षा अगाडि बढाउनका लागि नगरपालिकाले सबै प्रकारका सहयाेग गर्ने प्रतिबद्धता राख्नु भयाे ।
विशिष्ट अतिथि शिक्षा विकास तथा समन्वय एकाइ रूपन्देहीका प्रमुख माधव बन्जाडे ,कान्ति मा वि को शैक्षिक गुणस्तर सुधारको प्रथास र शिक्षक कर्मचारीको लगाव र प्रतिबद्धतामा रूपन्देही मात्र नभएर देशकै विद्यालय शिक्षा शिक्षाको लागि गौरवको विषय भएको र यसलाई कायम राखि राख्ने चुनाैतीकाे सामना गर्ने क्षमता कान्ति मा वि काे टिममा रहेको बताउनु भयाे ।
भुतपुर्व विद्यार्थीकाे सस्थाका अध्यक्ष गाेपाल अधिकारीले शुभकामना मनतव्यमा विद्यालयकाे शैक्षिक , भाैतिक र प्राविधिक सफलताका लागि अल्मुनाई एसाेसियसनले हरेक प्रकारका सहयोग र सहकार्य गर्ने बताउनु भयाे ।
कार्यक्रममा डिभिजन कार्यालय रूपन्देहीका प्रमुख हरिबहादुर बिष्ट , विद्यालयका पूर्व अध्यक्षहरू डा . बालकृष्ण चापागाईं, टंकप्रसाद पराजुली, हेमानन्द शर्माको उपस्थिति रहेको उक्त कार्यक्रममा शिक्षक महासंघ रुपन्देहीका अध्यक्ष लिलाधर न्यौपाने लगायत विभिन्न संघ / संगठनका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो । अक्षयकोष दाताहरू, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियाे ।
उक्त कार्यक्रममा विभिन्न संघसंस्थाहरू, उत्कृष्ट अभिभावक, , उत्कृष्ट शिक्षकहरुमा माेहन भट्टराई , केशबराज भण्डारी , खुमराज पाैडेल , चन्द्रकला न्याैपाने, कर्मचारी निर्मला देवकोटा र केशब श्रेष्ठ एवम् शिक्षा पत्रकारितामा योगदान पुऱ्याए बापत पत्रकार विकास पराजलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा अक्षय कोष दाता, उत्कृष्ट नतिजा प्राप्त गर्ने कक्षा १२, SEE र कक्षा ८ उत्तीर्ण विद्यार्थीहरु र MBBS, हन्जिनियरिङ, Ag, Forestry, farmecy, BDS, B Sc Nursing, BBA लगायतमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने नर्सरी देखि कक्षा १२ सम्म अध्यापन गर्ने १०२ जना शिक्षक तथा कर्मचारीहरूलाई नतिजाको आधारमा सम्मान गरिएको थियो ।
वर्ष शिक्षक / कर्मचारीको रुपमा शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो। विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी लगायतका कार्यक्रमहरू समेत समावेश गरिएको यस समारोहमा नगरस्तरीय लोक भजन प्रतियोगिता समेत सम्पन्न भएको थियो ।
मुल समारोह कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक , कर्मचारी तथा विद्यार्थी एवम् विज्ञहरुका लेख रचनाहरु समावेश गरि हरेक वर्ष प्रकाशन गरिने कान्ति दर्पणकाे विमाेचन सहभागी प्रमुख अतिथि , विशिष्ट अतिथि र प्रकाशन समितिबाट संयुक्त रुपमा गरिएको थियाे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त अवसरमा ISO नेपालका कन्ट्री डाइरेक्टर सुदिप शर्माले विद्यालयलाई ISO प्रमाणपत्र समेत प्रदान गर्नुभएको थियो। अब कान्ति माध्यमिक विद्यालय नेपालमा ISO प्राप्त पहिलो सामुदायिक विद्यालय भएको छ। कार्यक्रममा विद्यालयका सल्लाहकारहरु ,पूर्व विद्यालय व्यवस्थापन समिति ,शिक्षक अभिभावक सङ्घका पदाधिकारीज्यूहरूको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यार्थीले सचेतनामूलक नाटक र विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा शुभकामना मनतव्य दिने सबै वक्ताहरुले विद्यालयको शैक्षिक ,भौतिक, व्यवस्थापकीय र वातावरणीय पक्षहरू अन्य विद्यालयको लागि पनि अनुकरणीय भएको धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम विद्यालयका खेल प्रशिक्षक महेश खनालको सञ्चालनमा सम्पन्न भएको थियाे ।
लेखकको सम्वन्धमा