एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- असार ८, २०८३
- 70 Shares
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सोमबार सुर्खेतमा आयोजित पार्टीको चुनावी समीक्षा कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।
स्रोतका अनुसार पौडेल पक्राउ परेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको छ । उक्त छापामार कारबाहीका क्रममा आवश्यक कागजात तथा प्रमाण संकलनको काम भइरहेको बताइएको छ ।
एमालेले सञ्चालन गरिरहेको चुनावी समीक्षा तथा पार्टी पुनर्गठन अभियानका क्रममा पौडेल कर्णाली प्रदेश पुगेका थिए। सो कार्यक्रममा एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा महासचिव शंकर पोखरेल पनि सहभागी रहेका थिए ।
प्रहरीले अब थप अनुसन्धानका लागि पौडेललाई सुर्खेतबाट काठमाडौं ल्याउने तयारी गरिरहेको जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
अशोज ११, २०८३ -
मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
अशोज ११, २०८३

लेखकको सम्वन्धमा