विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने
- सत्यदीप सन्देश संवाददाता
- असार ९, २०८३
- 100 Shares
काठमाडौं । विशेष अदालतले पूर्वउपप्रधान तथा अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पौडेलमाथि सात दिन अनुसन्धान गर्न अनुमति दिएको हो ।
अदालतको आदेशसँगै विभागले पौडेलमाथिको अनुसन्धानलाई निरन्तरता दिनेछ । अनुसन्धानका लागि थप समय आवश्यक परे हालको म्याद सकिएपछि विभागले पुनः विशेष अदालतबाट म्याद थपको अनुमति लिनुपर्नेछ ।
पार्टी काममा सुर्खेतमा रहेका पौडेललाई सदरमुकाम बिरेन्द्रनगर स्थित शुभ होटलबाट पक्राउ गरिएको थियो । पौडेललाई सोमबार नै सुर्खेतबाट कोहलपुरसम्म प्रहरीको गाडीमा र कोहलपुरबाट सार्वजनिक सवारीबाट सडकमार्ग हुँदै काठमाडौं ल्याइएको थियो ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । अदालतको पछिल्लो आदेशसँगै उनी अब कम्तीमा सात दिन हिरासतमा रहने भएका छन् ।
प्रतिकृया दिनुहोस्
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट झन्डै ४४ हजार युवा नेतृत्वमा, १ लाखले दिए उम्मेदवारी
- बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता
- सरकारको काम केटाकेटी खेलेजस्तो र लुकिछिपी गरेजस्तो देखियो : सांसद ध्रुवराज राई
- मनसुनजन्य विपदमा परी सबैभन्दा बढी मानवीय क्षति गण्डकीमा
- नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
- मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
- बागलुङको निसीखोलामा पहिरो, एकै घरका ४ जनाको मृत्यु
- पाल्पाको माथागढी र रिब्दीकोटमा पहिरोले २ जनाको मृत्यु, ३ बेपत्ता
- बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
- संयुक्त राष्ट्रसंघ महासभामा सहभागी भई प्रधानमन्त्री शाह स्वदेश फिर्ता
-
नारायणी नदीमा क्रुजसिप बगायो, सवारी आवतजावतमा रोक
अशोज ११, २०८३ -
कांग्रेस बुटवल नगर सभापतिमा ज्योति भण्डारी निर्वाचित
अशोज ८, २०८३ -
बुटवलमा तिनाउ नदीको बाढीले दुई घर बगायो, तीन घरमा क्षति
अशोज ११, २०८३ -
मनाङको हिमलुङमा हिमपहिरो, १० जना बेपत्ता
अशोज ११, २०८३

लेखकको सम्वन्धमा