रविको चेतावनी :– ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’
- सत्यदीप सन्देश संवाददाता
- पुस ५, २०८२
- 269 Shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई कसैले जिस्काउने वा प्रयोग गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।
भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै उनले विद्रोहलाई अपमानित गर्ने काम स्वीकार्य नहुने बताए ।
थुनामुक्त भएपछि शनिबार चितवनमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै लामिछानेले उक्त आन्दोलन जनताबाट स्वतःस्फूर्त रूपमा भएको विद्रोह भएको बताए। भदौ २३ गते ताकीताकी गोली चलाइएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेको उनको टिप्पणी थियो ।
“यो जनताले गरेको विद्रोह हो,” उनले भने, “त्यसलाई कतै कुनामा बसेर जिस्काउने, चलाउने वा दुरुपयोग गर्ने आँट कसैले नगरोस् ।”
लामिछानेले प्रतिनिधिसभा ब्युँताउने प्रयासप्रति पनि आपत्ति जनाए। उनले जनताको विद्रोहलाई चुनौती दिने नाममा संसद् पुनः सक्रिय बनाउने प्रयास भइरहेको संकेत गर्दै त्यसप्रति सचेत रहन चेतावनी दिए ।
“जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउनेहरू होसियार हुनुहोस्,” उनले भने, “सहिदको रगत अझै सुकेको छैन, सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन ।”
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा