चर्चामा

रविको चेतावनी :– ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

रविको चेतावनी :– ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’
0 0
Read Time:1 Minute, 51 Second

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई कसैले जिस्काउने वा प्रयोग गर्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै उनले विद्रोहलाई अपमानित गर्ने काम स्वीकार्य नहुने बताए ।

 

थुनामुक्त भएपछि शनिबार चितवनमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक सम्बोधन गर्दै लामिछानेले उक्त आन्दोलन जनताबाट स्वतःस्फूर्त रूपमा भएको विद्रोह भएको बताए। भदौ २३ गते ताकीताकी गोली चलाइएपछि भोलिपल्ट आक्रोशित जनताले घरघरबाट विद्रोह गरेको उनको टिप्पणी थियो ।

 

“यो जनताले गरेको विद्रोह हो,” उनले भने, “त्यसलाई कतै कुनामा बसेर जिस्काउने, चलाउने वा दुरुपयोग गर्ने आँट कसैले नगरोस् ।”

लामिछानेले प्रतिनिधिसभा ब्युँताउने प्रयासप्रति पनि आपत्ति जनाए। उनले जनताको विद्रोहलाई चुनौती दिने नाममा संसद् पुनः सक्रिय बनाउने प्रयास भइरहेको संकेत गर्दै त्यसप्रति सचेत रहन चेतावनी दिए ।

“जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद् ब्युँताउने हो कि भनेर आँखा चम्काउनेहरू होसियार हुनुहोस्,” उनले भने, “सहिदको रगत अझै सुकेको छैन, सहिदकी आमाको आँसु अझै ओभानो भएको छैन ।”

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %