गौतमबुद्ध मुटु अस्पतालमा किशोरीमाथि दुर्व्यवहारको आरोप, एक कर्मचारी पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८२
- 460 Shares
बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक कर्मचारीमाथि सेवाग्राही किशोरीप्रति दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार १७ वर्षीया किशोरी अस्पतालमा भिडियो एक्स-रे गराउन गएका बेला दुर्व्यवहार भएको भनी उजुरी परेपछि अस्पतालको एक्स-रे विभागमा कार्यरत ३१ वर्षीय सुवास गौतमलाई पक्राउ गरिएको हो । हाल घटनाको अनुसन्धान जारी रहेकाले विस्तृत विवरण दिन नसकिने प्रहरीले जनाएको छ ।
यता, बुटवल उपमहानगरपालिका–१० का वडा अध्यक्ष बलबहादुर पुनले सामाजिक सञ्जालमार्फत घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

अस्पतालजस्तो संवेदनशील सेवास्थलमा यसप्रकारको घटना भएको भन्दै सेवाग्राही र बिरामीको सुरक्षाप्रति प्रश्न उठेका छन् । यसबारेमा अस्पताल प्रशासनले भने औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।
प्रतिकृया दिनुहोस्
- फ्लाई दुबई पोखरामा अवतरण, नियमित व्यावसायिक उडान सुरु
- पोखरा कांग्रेस महानगर सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा
- पोखराबाट अन्तर्राष्ट्रिय उडानको नयाँ युग, आजदेखि दुबई नियमित उडान सुरु
- कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदै
- नेपाली कांग्रेसका ६३ जिल्लामा वडा अधिवेशन सकियो, अरू जिल्लामा जारी
- उमेर हद र दुई कार्यकालको प्रस्ताव ओलीद्वारा अस्वीकार, एमाले सचिवालयमा चर्काचर्की
- पारदर्शी साकोसको छैठौँ अधिवेशन सम्पन्न, किरण गौतमको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन
- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : दोस्रो दिन ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सकियो
- सामागाउँका युवा आमरण अनसनमा, प्रदेश सरकारले वार्तामा बोलायो
- नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु
-
आज भाद्र शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै
भदौ ३०, २०८३

लेखकको सम्वन्धमा