गौतमबुद्ध मुटु अस्पतालमा किशोरीमाथि दुर्व्यवहारको आरोप, एक कर्मचारी पक्राउ
- सत्यदीप सन्देश संवाददाता
- साउन १८, २०८२
- 467 Shares
बुटवल । बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक कर्मचारीमाथि सेवाग्राही किशोरीप्रति दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार १७ वर्षीया किशोरी अस्पतालमा भिडियो एक्स-रे गराउन गएका बेला दुर्व्यवहार भएको भनी उजुरी परेपछि अस्पतालको एक्स-रे विभागमा कार्यरत ३१ वर्षीय सुवास गौतमलाई पक्राउ गरिएको हो । हाल घटनाको अनुसन्धान जारी रहेकाले विस्तृत विवरण दिन नसकिने प्रहरीले जनाएको छ ।
यता, बुटवल उपमहानगरपालिका–१० का वडा अध्यक्ष बलबहादुर पुनले सामाजिक सञ्जालमार्फत घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

अस्पतालजस्तो संवेदनशील सेवास्थलमा यसप्रकारको घटना भएको भन्दै सेवाग्राही र बिरामीको सुरक्षाप्रति प्रश्न उठेका छन् । यसबारेमा अस्पताल प्रशासनले भने औपचारिक प्रतिक्रिया दिइसकेको छैन ।
प्रतिकृया दिनुहोस्
- बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित
- कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित
- कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
- बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे
- बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
- कांग्रेस १५औँ महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना सुरु
- गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
- कांग्रेस महाधिवेशन : राति १० बजे सकियो मतदान
- सरकारले निजी क्षेत्रलाई आशा जगाउन सकेन : महासंघ अध्यक्ष श्रेष्ठ
- युवालाई धर्म र भजनसँग जोड्न नेपाल मानव धर्म सेवा समितिमा आज भजन सन्ध्या हुदै
-
दशैंको टीकाको साइत बिहान १०:२६ बजे
अशोज २०, २०८३ -
कास्कीका शोभाचन्द्र बरालले भोट हालेपछि सुरु भयो मतदान
अशोज २३, २०८३ -
बडादसैँ सुरु,आज घरघरमा घटस्थापना र जमरा रोपिँदै
अशोज २५, २०८३ -
कास्कीकोट दरबारमा नवदुर्गा महोत्सव हुने
अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
अशोज २४, २०८३

लेखकको सम्वन्धमा